Sunday, August 19, 2012

बाबुद्वारा छोरी बलात्कृत

३ भदौ, इटहरी । आफैंले जन्माएर हुर्काउँदै गरेकी आफ्नै छोरीलाई बाबुले नै करणी गर्‍यो भन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्ला । तर इटहरीमा यस्तै घटना भएको सार्वजनिक भएको छ ।
आफ्नै छोरी करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ समेत गरेको छ । सुनसरीको इटहरी-५ स्थित जनता बस्तीका मौले दर्जीमाथि आफ्नै १० वर्षीया छोरीलाई करणी गरेको आरोप लागेकोे इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
घरमा कोही नभएको समयमा अश्लील चलचित्र देखाउँदै गरेको उनलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएपछि घटना सार्वजनिक भएको हो । बालिकाले ‘एक्लै भएपछि बुबाले टिभीमा अश्लील चलचित्र लगाएर मलाई जबर्जस्ती गरेको’ छिमेकीलाई बताएपछि स्थानीयवासीले बाबु मौलेलाई नियन्त्रणमा लिएका हुन् ।
बाबु मौलेले छोरीलाई यो कुरा बाहिर भनिस् भने मारिदिन्छु भन्दै धम्की दिने गरेको पनि ती बालिकाले बताएको प्रहरीले जनाएको छ । बालिकाकी आमा मालाले इलाका प्रहरी कार्यालय इटहरीमा श्रीमान्विरुद्ध किटानी जाहेरी समेत दिएकी छिन्।
प्रहरीका अनुसार दर्जीलाई जबर्जस्ती करणी तथा हाडनातासम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाइएको प्रहरी निरीक्षक सागर थापाले बताउनुभयो। प्रहरीले दर्जीको घरबाट एक थान डिभिडी, अश्लील चलचित्रको सिडी र रिमोटसमेत बरामद गरेको छ । रासस

No comments:

Post a Comment