Friday, August 24, 2012

सावधान ! तपाईँको लिंग भाँचिनसक्छ !

डा. आदर्श प्रधान- युवा अवस्थामा तीव्र यौन इच्छा हुनु स्वाभाविक हो। यस्तो उमेरमा हस्तमैथुन, सम्भोगप्रति गहिरो अभिरुचि हुन्छ। यौनबारे धेरैजिज्ञासा हुने उमेर पनि यही नै हो। तर, अत्यन्त उत्तेजनामा आएर जोसमा होस गुमाउँदा लिंग भाँच्चिन पनि सक्छ, हस्तमैथुन या संभोगको प्रक्रियामा। समयमै उपचार हुन सकेन भने लिंग सधैँका लागि निकम्मा हुन सक्छ।
लिंगको माथिल्लो स्थानमा कोर्पस क्याभरनोसम भनिने भाग हुन्छ भने तल्लो स्थानमा कोर्पस स्पोनजियोसम। लिंग उत्तेजित हुँदा यी दुवै स्थानमा रगत भरिन्छ। त्यसपछि लिंग कडा हुन्छ। उत्तेजनामा आएर असमान्य रूपमा हस्तमैथुन या सम्भोग गर्न खोज्दा लिंग भाँच्चिन सक्छ। मेडिकल भाषामा यसलाई पेनाइल फ्य्राक्चर भनिन्छ। लिंग भाँच्चिदा आवाज आउँछ, जुन सुन्न सकिन्छ। अत्यन्त दुखाइ महसुस हुन्छ र लिंग सुन्निएको हुन्छ।
नेपालमा पेनाइल फ्य्राक्चरका समस्या त्यति सुनिएका छैनन्। तर, यसबाट पीडितहरू भने छन्। पीडितले लज्जाका कारण यसबारे अरूलाई सुनाउँदैन।ब्लु फिल्म, गलत बुझाइ आदिका कारण यस्ता घटना बढिरहेका छन्।
लिंग भाँच्चिएको एउटा केस यस्तो छ। एक युवा साथीहरूसँग बसेर ब्लु फिल्म हेर्दै थिए। उत्तेजनामा आएका उनले लिंगलाई हातको औँला पड्काएको जस्तो गरी पड्काउन खोजे। आवाजसहित उनको लिंग भाँच्चियो। त्यस्तै, अर्को उदाहरणमा मद्यपान गरी संभोग गर्ने एक युवाको लिंग भाँच्चिएको थियो।
असाध्यै आवेगपूर्ण सम्भोग या हस्तमैथुनका क्रममा लिंग भाँच्चिन सक्छ। त्यस्तै, ओछ्यानमा लिंग रगड्दा पनि भाँच्चिएको उदाहरण पनि छ।
लिंग भाँच्चिनुका लक्षणमा भाँचेको आवाज आउनु, असामान्य दुखाइ हुनु, तुरुन्त उत्तेजना घट्नु आदि प्रमुख छन्। पिसाबको नलीमा क्षति पुगेको छ भने रगत पनि बग्न सक्छ।
उपचार
लिंग भाँच्चिएको थाहा भयो या लिंग भाँच्चिएको शंका लागेमा तुरुन्त अस्पताल जानुपर्छ। यस्तो अवस्थामा लिंगमा रगत जम्न सक्छ। लिंगमा रगत जम्यो भने रक्त सञ्चालनमा पनि अवरोध हुन सक्छ। यसको अपरेसन गरेरमात्र समस्या ठीक हुन्छ। त्यसैले लाज मानेर ढिलो गर्ने काम कदापि गर्नुहुँदैन। अस्पताल पुग्नु अघि धेरै दुख्यो भने बरफलाई कपडामा बेरेर लिंगमा सेक्न सकिन्छ। त्यस्तै दुखाइ कम हुने औपधि पनि सेवन गर्न सकिन्छ।
भाँच्चिएको लिंगको अपरेसन गर्ने कार्यको सुरुवात सन् १९८० पछि भएको पाइन्छ। तुरुन्त अपरेसन गर्नुपर्ने अवस्थामा त्यसो गर्न सकिएन भने लिंग सामान्य अवस्थामा नआउने संभावना बढी हुन्छ।

No comments:

Post a Comment