Friday, August 24, 2012

बाँदरले किन हेप्छन् महिला र केटाकेटीलाई ?

८ भदौ, काठमाडौं । पुरुष प्रधान समाजकै कारण हामीमाथिथिचोमिचो भयो भनेर महिलाहरु कराउन थालेको धेरै भैसक्यो । हुन पनि धेरै पुरुषले महिलालाई हेप्छन् । महिला मात्र होइन हेपाई र भेदभावको शिकार केटाकेटी पनि हुने गरेका छन् । तर समाजमा पुरुषले मात्र होइन, बाँदरले समेत महिला र केटाकेटीलाई बढी हेप्ने गर्छन् ।
पशुपति दर्शन गर्न जाने महिला र केटाकेटीलाई हिजोआज बाँदरले हैरान गर्ने गरेको छ । अरुबेला फूलप्रसाद खोसेर खाइदिने बाँदरले अहिले यसमा मात्र चित्त बुझाउँदैन । चिथोर्ने र पिट्ने काम समेत गर्ने गरेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थी महिला र केटाकेटीलाई बाँदरले हैरान गर्ने गरेको छ । हरेक दिन कोही न कोही बाँदरको आक्रमणमा परेकै हुन्छन् । पशुपति क्षेत्र विकास कोषले पर्याप्त खानेकुरा छुट्याउन नसकेपछि भोका बाँदरले खानाकैलागि यसरी आक्रमण गर्ने गरेको स्थानीय व्यापारी र कोषका कर्मचारीको आशंका छ । तर पुरुषमाथि आक्रमण गर्न भने बाँदर डराउँछन् । महिला र केटाकेटीलाई चाहिँ देखि सहँदैनन् ।
‘कमजोर हुन्छन् भन्ने जानेरै आक्रमण’
पशुपतिमा मात्र होइन अन्यत्रका बाँदरले पनि महिलार केटाकेटीलाई हेप्ने गर्छन्। गाउँठाउँमा बाली खान आउने बाँदर लखेट्न पुरुष नै चाहिन्छ । महिला र केटाकेटीलाई बाँदरले टेर्दैनन् । उल्टै झम्टन्छन्। ‘महिला र केटाकेटी कमजोर हुन्छन् भन्ने कुरा बाँदरलाईथाहा छ, त्यसैले हेप्ने गर्छन्’ बाँदर सम्बन्धी विशेषज्ञ मुकेशकुमार चालिसेले भन्नुभयो । उहाँका अनुसार मानवजातिसँग नजिक भएका हुनाले बाँदरले सबैका विशेषता र प्रकृति छुट्याउन सक्छन् । को डराउँछ र को डराउँदैन भन्ने कुरा पनि बाँदरलाई राम्रोसित थाहा हुन्छ ।
‘महिला र केटाकेटी बाँदर देखेर रमाइलो मान्छन्, जिस्क्याउँछन्, तर बाँदर नजिकै आयो भने आत्तिएर भाग्छन्’ चालिसेले भन्नुभयो -’आफू देखेर तर्सनेलाई लखेट्ने जंगली जनावरको गुण हुन्छ, त्यसैले तर्सनेलाई झम्टने गर्छन् ।’बाँदर देखेर नआत्तिने हो भने उसले केही नगर्ने चालिसेले बताउनुभयो ।पशुपति लगायतका मन्दिरमा बढीमहिलाहरु जाने र उनीहरुले बाँदरलाई खानेकुरा दिने भएकाले पनि उनीहरुसँग बाँदर बढी झुम्मिने गर्छन् । ‘दर्शन गर्न आएका महिलामा केही न केही खानेकुरा हुन्छ भन्ने कुरा बाँदरलाई थाहा हुन्छ, त्यसैले उनीहरु खोस्न तम्सन्छन्’ चालिसेले भन्नुभयो ।
पुरुषले तत्काल प्रतिकार गर्ने, तर महिला र केटाकेटी उल्टो तर्सिएर भाग्ने भएकालेबाँदरले महिला र केटाकेटीलाईदेखि सहँदैन । पशुपतिमा त हिजोआज खाना समेत कमी भएकाले भोकको झोँकमा बाँदरले आक्रमणगर्ने गरेका छन् ।

No comments:

Post a Comment