Wednesday, August 22, 2012

मानव बेचबिखन गर्ने पक्राउ

६ भदौ, नुवाकोट । जिल्ला प्रहरी कार्यलय नुवाकोटले मानव बेचबिखनको अभियोगमा एक महिलालाईपक्राउ गरी कारवाही प्रकृया अघि बढाएको छ । प्रहरीले नुवाकोटको शिखरबेशी गाउँ बिकास समिति वडा नम्बर ८ शेरेमटोलको ४० बर्षीय सञ्चमाया तामाङलाई सोही ठाउँका एक २० बर्षीय युवतीलाई ललाइ फकाइ भारतको कलकता लगी बिक्री गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनलाई मानव बेचबिखन तथा ओसारपसार ऐन अनुसार कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार अभियुक्त सञ्चमायाले २०६३ साल कार्तिक ८ गते साँझ ६ बजे घरबाट युवतीलाई कलकतामा पुर्‍याई ८० हजार नेपाली रुपैयाँमा बिक्री गरेको खुलेको छ । ६ बर्षसम्म कलकतामा कस्टकर जीवन बिताएर ती युवतीलाई केही अघि भारतीय प्रहरीले उद्धार गरी नेपाल पठाएको थियो ।

No comments:

Post a Comment