Wednesday, August 1, 2012

दुर्घटनामा युवकको ज्यान गएपछि राजमार्ग अवरुद्ध

रमेशकुमार पौडेल, चितवन, साउन १७- ट्रकको ठक्करले स्थानीय युवकको ज्यान गएपछि नवलपरासीगैंडाकोटका बासिन्दाले पुर्वपश्चिम रागमार्गमा गाडी चल्न दिएका छैनन्। नारायणगढबाट पश्चिम तर्फ जाँदै गरेको ना २ ख ८६५८ नम्बरको ट्रकले ना १२ प २२०७ नम्बरको मोटरसाइकलमा चढेका गैंडाकोट वडा नं. २ का २५ वर्षीय योगेश विकलाई ठक्कर दिएको थियो।
बिहान १० बजे विकलाई ट्रकले ठक्कर दिएको थियो। उपचारको लागि भरतपुर ल्याउँदै गर्दा उनको बाटोमै निधन भएको थियो। स्थानीयले चालकलाई कारवाही रदुर्घटनामा ज्यान गुमाएका युवकका परिवारलाई राहत दिन माग गरेर गैंडाकोटको भृकुटी कागज कारखाना चोकमा चक्का जाम गरेका हुन्।
चक्का जामका कारण राजमार्गमागाडीहरुको लाइन लागेको छ।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment