Monday, August 20, 2012

उपभोत्ताको बिल बिक्री हुने

४ भदौं, काठमाण्डौं । सामान खरिद-बिक्रीमा बिल-बिजक जारी नगर्ने प्रबृतिको सुधारका लागि आन्तरिक राजश्व विभागलेसीधै उपभोत्तासँग बिल किन्नेभएको छ । खरिद-बिक्रीमा मुल्य अभिबृद्धि कर-भ्याट) बिल अनिवार्य जारी गर्न पटक पटक प्रचारमुलक अभियान चलाउँदा पनि सुधार नदेखिएपछि उपभोत्तामार्फत नै चेतना बढाउन विभागले यस्तो गर्न लागेको हो ।
यहि महिनादेखि बिल किन्ने योजना सुरु गरिने विभागले जनाएको छ । उनीहरुले उपभोत्ताले खरिदका क्रममा विल नलिएको भए लिन लगाउने तयारी गरेको खबर कारोबार दैनिकले छापेको छ । बिल लिएका उपभोक्तालाई सरकारले रकम तिरेर विल खरिद गर्नेछ ।
विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार यो योजनाले उपभोक्तालाई जागरुक बनाउनेछ भने बिक्रेतालाई बिजक जारी गर्न बाध्य बनाउने छ । विक्रेताले विल दिँदा बढी रकम तिर्नुपर्ने भ्रम देखाएरबिल विनै सामान दिने गरेको विभागको ठहर छ ।

No comments:

Post a Comment