Wednesday, August 22, 2012

सुई लगाउँदा मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा दर्ता

भद्रपुर, भदौ ६- एक वृद्धालाई सुई दिँदा उनको मृत्यु भएपछि पक्राउमा परेका मेडिकल क्लिनिक सञ्चालक अभिजित बालामाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरी आज जिल्ला अदालतबाट म्यादसमेत थप गराएको छ।
बालालाई प्रहरीले मङ्गलबार घटनास्थलबाट नै पक्राउ गरेको थियो।
भारतको गलगलिया बस्ने १९ वर्षीय बालाले चन्द्रगढी-२ स्थित चैतु मन्दिरमा सञ्चालन गरेको ममता क्लिनिकमा मङ्गलबार उपचार गराउन आएकी ७८ वर्षीया सरस्वती कट्टेललाई सुई दिँदा उनी केही बेरमै बेहोश भएपछि उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको थियो।
ती वृद्धा ग्याष्ट्रिकको उपचार गराउन क्लिनिकमाआएको बताइएको छ। रासस

No comments:

Post a Comment