Thursday, August 23, 2012

मान्छेले टोक्दा सर्प मर्‍यो !

७ भदौ, विराटनगर । सर्पको डसाईबाट मान्छेको मृत्यु भएको खबर नौलो होइन । तर, मान्छेको टोकाईबाट सर्प मरेको खबर भने अनौठो लाग्न सक्छ । मोरङ बरडंगामा यस्तै भएको छ ।
बडंगा-३ कडेलीमा ५५ बर्षका मोहमद सल्मो मियाँले आफुलाई डसेर भागेको गोमन सर्पलाई समाती टोकेर मारेका हुन् । ‘सेतो गोमनले टोकेपछि रिस उठेयो,’ उनले भने, ‘त्यसपछि भागेको सर्पलाई पछ्याउँदै गएर समाती टोकेर मारें ।’ सर्पलाई मार्न १५ मिनेटजति समय लागेको मियाँले बताए । ‘लठ्ठीले एकदुई पटक हान्दा मरिहाल्थ्यो,’ उनले भने, ‘रिस उठ्यो अनि पालाको पैंचो फर्काउन भएपनि दाँतले टोकेर मारें ।
खेतमा पानी लगाउनेक्रममा मंगलबार साँझ साढे सातबजे मियालाई गोमन सर्पले दायाँ खुट्टामा डसेको थियो । ‘आफुलाई टोकेको सर्पलाई टोक्यो भने विष लाग्दैन भनेको सुनको थिए, त्यहि भएर टोकेको हुँ,’ उनले भने । उनले टोकेर मारेको सर्प र उनलाई हेर्न गाउँमा भिड लागेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
सर्प मारेपछि उपचार गर्न गएका मियाँको स्वास्थ्य अवस्था भने राम्रो रहेको बरडंगा स्वास्थ्य चौकीले जनाएको छ ।

No comments:

Post a Comment