Wednesday, July 18, 2012

सुन लुट्न खोज्ने २ जना हतियारसहित पक्राउ

३ साउन, काठमाण्डौं । सुनपसल लुट्न गएका दुई लुटेरा हतियार सहित पक्राउ परेका छन् । काठमाण्डौंको गोंगवुमा रहेको सुन पसलमा लुट गएका दुई भारतीय नगरिकलाई प्रहरीको गस्ति टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक रञ्जित सिंह र रमेश ठाकुर रहेका छन् । उनीहरुको साथबाट २ थान पेस्तोल र ८ राउण्ड गोली बरामद भएको छ । विशेष सुराकीको आधारमा पक्राउ परेका उनीहरुको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ

No comments:

Post a Comment