Monday, July 16, 2012

ललितपुरको 'कोठी'मा छापा, सञ्चालिका र युवती सबै भारतीय

काठमाडौँ, साउन १ (नागरिक)- ललितपुर बल्खुचोकको एक घरमा छापा मारेर प्रहरीले पाँच भारतीय महिलालाई पक्रेको छ। घर भाडामा लिएर कोठी चलाएको अभियोगमा प्रहरीले आइतबार छापा मारेको हो।
बल्खुचोक नजिकैको घरमा भारतीय महिलाले यौनकोठी चलाएको र ग्राहकसँग तीन हजारदेखि पाँच हजारसम्म रकम लिएर युवती उपलब्ध गराउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरीले छापा मारेको थियो।
ललितपुर प्रहरीस्रोतका अनुसार घरमा भेटिएकी सञ्चालिका तारा क्षेत्री र चार जना भारतीय किशोरी फेला परेका थिए। स्रोतका अनुसार कोठाको निरीक्षण गर्दा सो घर यौनधन्दाका लागि प्रयोग हुने गरेको पुष्टि भएको थियो।
प्रहरीस्रोत अनुसार पक्राउ परेका सबै भारत दार्जिलिङका हुन्। प्रारम्भिक अनुसन्धानमा सिंहले तीन महिनाअघि बल्खुमा घरै भाडामा लिएर कोठी चलाउने गरेको खुलेको छ।
सिंहले ग्राहकसँग पैसा लिँदै गरेको र बार्गेनिङ गरेको भिडियो क्लिपसमेत फेला परेको प्रहरी दाबी छ।

No comments:

Post a Comment