Monday, July 16, 2012

३ वर्षिय बच्चाले गोली हानेर पिताको हत्या

३१ असार,एजेन्सी। अमेरिकी राज्य इन्डियानमा एक ३ वर्षिय बच्चाले आफ्नै पिताको गोली हानी हत्या गरेका छन् ।
प्रहरीका अनुसार ३३ वर्षिय पिताको शुक्रवार गोली लागेर मृत्य भएको थियो । दई वच्चा सहित टेलिभिजन हेरिरहेको समयमा ३ वर्षिय बच्चाले लोडेड गन् फेला पारेपछि त्यसलाई खेल्ने क्रममा गोली चल्दा बच्चाको पितालाई लागेको थियो । गोली लागेर गंभिर घाइते पिता केही समयमा नै मृत्यु भएको थियो। दुर्घटनाको समयमा मृतककी श्रीमती र नातेदारहरु कामा शहर भन्दा बाहिर गएका थिए ।
प्रहरीले हाल अनुसन्धान जारी राखेको छ।

No comments:

Post a Comment