खगेन्द्र अधिकारी, ताप्लेजुङ,साउन ७- नेपाली कांग्रेसका कार्यकर्ताको कुटाइबाट आफ्ना कार्यकर्ताको मृत्यु भएको भन्दै पीडकलाई कारबाही तथा पीडितका परिवारलाई उचित क्षतिपुर्ति र मृतकलाई शहिद घोषणा गर्नुपर्ने माग राख्दै नेकपा, माओवादीले आजबाट अनिश्तिकालिन पाँचथर बन्दको आव्हान गरेको छ।
बन्दकर्ताले पाँचथर सदरमुकाम फिदिम बजारका शिक्षण संस्था बाहेक यातायात, बजार पसल सबै बन्द गराएका छन्। नेकपा, माओवादी (बैद्य पक्ष)का कार्यकर्ताले बिहान फिदिम बजारमा नारा जुलुस तथा कोण सभा गर्दै हत्यारालाई कानुनी कारवाही र मृतकलाई शहिद घोषणा गरेर उनका परिवारलाई उचित क्षतिपुर्ति नदिए सम्म सडक संघर्ष जारी राख्ने बताएका छन्।
नेकपा, माओवादीका जिल्ला सचिव लक्ष्मी न्यौपानेले एक बिज्ञप्ती जारी राखी नेपाली कांग्रेसका कार्यकर्ताहरुले पाँचथर याङनाम ६ निवासी आफ्ना ४ नं ईलाका कमिटी सदस्य गजेन्द्र जबेगुको कुटेर हत्या गरेको भन्दै हत्या गर्नेहरुको पहिचान गरी कारवाही शुरु नगरीए सरकार बिरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन्।
उनीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा यहि साउन २ गते राँके बजारबाट फर्कने क्रममा बाटो ढुकेर कांग्रेसका कार्यकर्ताले जबेगुलाई मरणासन्न हुने गरी कुटपटि गरेको र जबेगुको उपचारका क्रममा हिजो साउन ६ गते बिराटनगर स्थित न्युरो अस्पतालमा निधन भएको उल्लेख छ। बिज्ञप्तीमा कुटपिट गर्ने भनेर कसैको नाम भने किटान गरिएको छैन।
यसैबीच नेकपा, माओवादीले बन्दको आव्हान गरेपछि मेची राजमार्गको ताप्लेजुङ-फिदिम सडक खण्डमा यातायात सेवा अबरुद्ध भएको छ। पाँचथरबाट ताप्लेजुङका लागि छुटेका तथा ताप्लेजुङबाट पाँचथर हुँदै अन्यत्र जान हिडेंका सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।
No comments:
Post a Comment