Tuesday, July 31, 2012

हिउँदमा २१ घण्टा लोडसेडिङ हुने

१६ साउन, काठमाण्डौं । आगामी हिउँदमादैनिक २१ घन्टासम्म लोडसेडिङ हुने भएको छ । विद्युत प्राधिकरणले तयार गरेको यो वर्षको माग तथा आपूर्ति पक्षेपणले लोडसेडिङको यस्तो विकरालअवस्था देखाएको हो ।
‘आउँदो फागुन-चैतमा नदीको जलस्तर धेरै घटेपछि यसको असर विद्यूत उत्पादनमा पर्न गई दैनिक २१ घण्टासम्म लोडसेडिङ हुने’ प्रक्षेपण प्राधिकरणको छ ।
प्राधिकरणले माग र आपूर्तिसम्बन्धी दुई छुट्टाछुट्टै प्रक्षेपण तयार गरेको छ । यस अनुसार भारतबाट थप विजुली आयात, विराटनगर र हेटौंडाका थर्मल प्लान्ट पूर्ण क्षमतामा सञ्चालन र हेटौंडा थर्मल प्लान्ट पूर्ण क्षमतामा सञ्चालन र कुलेखानी जलाशयमा पानी नभरिए उपभोत्ता दैनिक २१ घण्टासम्म अध्यारोमा बस्नुपर्नेछ । प्रक्षेपण अनुसार मंसिरमा ११ घण्टा, पुस-माघमा १८ घण्टा र फागुन-चैतमा २१ घण्टा र असारमा ९ घण्टा विद्युत कटौती हुने खबर कारोबार दैनिकले छापेको छ ।
यी तीनवटै विषयमा सकारात्मक भए बढीमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुने छ ।

No comments:

Post a Comment