Thursday, December 13, 2012

राष्ट्रपतिले भने- भैंसी चराएर आएको जोगी हुँ, किन डराउने ?

२८ मंसिर, काठमाण्डौ । राष्ट्रपति डा. रामबरण यादवले आफुलाई 'जोगी' भन्दै
असंवैधानिक कदम चाल्छ कि भनेर नडराउन सत्तारुढ दलहरुलाई आग्रह गर्नुभएको
छ ।
कसैले राष्ट्रपति सक्रिय हुन खोज्यो भनेका छन'अर्घाखाँचीको हरिहर संस्कृत
उच्च माविको हिरक महोत्सवमा बुधबार सम्बोधन गर्दै राष्ट्रपतिले
भन्नुभयो-'भैंसी चराएर आएको जोगिसित किन डराउने ? म संबिधानको संरक्षक
हुँ, जुन बाटोबाट आएको हुँ त्यसैअनुसार काम गरेको छु ।'
'भैंसी गोठालो हुँदै आएको म जनताको छोरो कहिल्यै फस्दिन' राष्ट्रपतिले
भन्नुभयो- शासन गर्न आएको फस्छ, अहिले देश संकटमा छ, म निकाश दिन आएको
हुँ, समाधान गरेरै छाड्छु ।'
राष्ट्रपतिको सम्बोधनलाई आजका सवैजसो दैनिक पत्रिकाले प्राथमिकताका साथ
छापेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले आफुले
राजनीतिक संकट समाधान गर्ने बिश्वास दिलाउँदै चिन्ता नलिन आग्रह गर्नुभयो

दलहरुको त्रुटीका कारण संबिधानसभा बिघटन भएको भन्दै राष्ट्रपतिले देशको
समस्या कसरी समाधान गर्ने भन्नेतिर चिन्तित हुन दलहरुलाईआग्रह गर्नुभयो ।
राष्ट्रपतिले सहमतिय सरकार बनाउने तेस्रो पटक दिएको समय बुधबार सकिएपछि
आज फेरि चार दलका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ

No comments:

Post a Comment