१६ साउन, काठमाण्डौं । साउदीको अरबमा एक बर्षदेखि अलपत्र ९५ कामदार स्वदेश आउन पाउने भएका छन् । कम्पनीले पाँच बर्ष वित्दा पनि घर आउन नदिएका कामदार त्यस समूहमा रहेका छन् ।
साउदीको राजधानी रियादस्थित अलहायरमा अल सोइया कम्पनीमा कार्यरत ९५ कामदारले पछिल्लो समय ६ महिना वित्दा पनि तलब नपाएपछि गएको सेप्टेम्बरबाट काम छोडेर बसेका थिए । उनीहरु सवै निर्माण मजदुर रहेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
अलपत्र कामदारलाई नेपाल फर्काउन कम्पनी सहमत भएको रियाद स्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुलाई हरेक साता ३५ जनाको दरले नेपाल पठाईने तयारी भएको साउदीका लागी नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो । उक्त कम्पनीमा नेपाली सहित चार देशका एकहजार भन्दा बढी कामदार कार्यरत रहेका छन् ।
No comments:
Post a Comment