Saturday, July 7, 2012

एफएमका प्रबन्ध निर्देशकको गोली हानी हत्या

काठमाडौं, असार २३ (नागरिक)- वीरगञ्जस्थित रेडियो बिन्दास एफएमका प्रबन्ध निर्देशक सन्तोष गुप्ताको भारतमा हत्या भएको छ। रक्सौल बैंकरोड (भारत) निवासी गुप्तालाई गए राति ढाका चिरैया भन्ने स्थानमा अज्ञात समुहले हत्या गरेको हो।
भारतीय प्रहरीका अनुसार बिहारको पुर्वी चम्पारणजिल्लाको ढाका चिरैयास्थित फुलबारीमा आज बिहान गुप्ता मृत अबस्थामा फेला परेका हुन्। उनलाई गएराति अज्ञात समुहले गोली प्रहार गरेर हत्या गरिएको भारतीय प्रहरीको अनुमान रहेको छ। गुप्ता भारतीय जालीनोटको कारोवारी भएको र त्यसकै कारोबारमा उत्पन्न विवादका कारण उनको हत्या भएको हुनसक्ने शंका प्रहरीको छ।
यादवको शव पोष्टमार्टमका लागि भारतीय प्रहरीले मोतीहारी अस्पतालमा लगिएको छ। पर्सा प्रहरीले घटना बारे केही खबर नपाएको बताएको छ।

No comments:

Post a Comment