Saturday, July 7, 2012

सत्ता टिकाउन विमानस्थल व्यवस्थापन भारतलाई सुम्पन खोजिँदैछः वैद्य

काठमाडौं, असार २३- नेकपा-माओवादीका अध्यक्ष मोहनवैद्य किरणले नेपालको बिग्रिँदो स्थितिलाई निकास दिने तेस्रो शक्ति नेकपा-माओवादी जन्मिएको बताएका छन्। प्रधानमन्त्री बाबुराम भट्टराईले विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई सुम्पेर सत्ता टिकाउन प्रयास आरोप लगाए।
डा. चन्द्रमान बज्राचार्यद्वारा लिखित किन ‘पिरोल्दै भारत नेपाललाई' पुस्तकको विमोचन गर्दै अध्यक्ष वैद्यले भने- ‘नेपाली कांग्रेस र एमालेकोसमीकरण सत्ता प्राप्तिको लागि भएको र एमाओवादी र मधेशी मोर्चाबीचको समीकरण सत्ता जोगाउनको लागि भएकोले देश बर्वादीतिर धकेलिएको हो।‘
प्रधानमन्त्री बाबुराम भट्टराई सत्ता टिकाउनका लागि भारतसँग लम्पसार भएर विप्पा सम्झौता गरेको उल्लेख गर्दै वैद्यले भने- ‘अहिले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सुरक्षा सम्बन्धी जिम्मेवारी भारत सरकारलाई दिने सम्झौता नजिकसम्म पुगेको सुनिँदैछ, त्यो अत्यन्तै गैरजिम्मेवारी राष्ट्रघाती कदम हो।'
अध्यक्ष वैद्यले देशको राष्ट्रिय अस्मिता र स्वाधिनताको विषयमा माया गर्ने शक्ति एकातिर र राजनीतिको नाममा देशको अस्मितामाथि खेलवाड गर्ने शक्ति अर्कातिर नभै मुलुकले निकास लिन नसक्ने दावी गरे।
रिपोर्टस क्लबमा भएको विमोचन कार्यक्रममा बोल्दै उनले मातृकाप्रसाद कोइराला, वीपी र गिरिप्रसादले कुनै न कुनै तरिकाले नेपाल र नेपाली जनतालाई धोका दिएको भन्दै सत्ता स्वार्थका लागि माधवकुमार नेपालले पनि थप बद्‌मासी गरेको आरोप लगाए।
उनले अहिलेको अवस्थामा संसद पुनर्स्थापना हुन नसक्ने भन्दै नागरिक समाज, बौद्धिक व्यक्तित्वहरु र राजनीतिक दलहरुबीचको गोलमेच सम्मेलनबाट निकास दिनुपर्ने बताए।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य सदस्य भीम बहादुर तामाङले एक मधेश स्वायत्त प्रदेश गलत भएको भन्दै भोजपुरी, अवधि, थारु, मैथली भाषा बोल्ने तराइबासीला२ हिमाल, पहाड मनपर्छ पर्दैन भनेर नसोधि संघीयता जानु गलत हुने दावी गरे।

No comments:

Post a Comment