Wednesday, June 6, 2012

खाद्य संस्थानको केन्द्रीय कार्यालमा ताला

, काठमाडौं, जेठ २४ - युवा किसान संघ नामक संगठनले आज कार्यालय खुल्नासाथ नेपाल खाद्य संस्थानका महाप्रवन्धक हरिनारायण साहको कार्यकक्षमा तालाबन्दी गरेको छ। संघका कोषाध्यक्ष कमल खत्रीसहित एक दर्जनको समूहमा आएको टोलीले 'भ्रस्टाचारीलाई कारबाही गर' भन्दै नारावाजीसमेत गरेका छन्।
बिहानै तालावन्दी भएपछि कर्मचारीहरु अलमलमा परेका छन्। 'भ्रस्टाचार भएको हो भने त्यसका लागि कानुनीरुपमा आउने बाटोहरु छन्, हुलदंगा गरेर बन्द गर्नु अशोभनीय हो,' महाप्रवन्धक साहले नागरिकन्युजसँग भने। सोल्टिमोड ठेगाना रहेको संघले पर्चा छरेर संस्थानमा भ्रस्टाचार बढेकाले तालावन्दी गरेको जनाएको छ। यद्यपी यो संगठन यसअघि सार्वजनिकरुपमा देखिएको थिएन।

No comments:

Post a Comment