Wednesday, June 6, 2012

राजस्वले छापा मार्दा नारायणगढमा तनाव, जिप जलाइयो

चितवन, जेष्ठ २४ - राजस्व अनुसन्धानको केन्द्रबाट आएको टोलीले राजस्व छलेको आशंकामा नारायणगढस्थित एक पसलमा छापा मारेपछि त्यसको प्रतिरोधमा स्थानीय व्यवसायीहरु सडकमा उत्रिँदा यहाँ तनाव उत्पन्न भएको छ । आक्रोशित व्यवसायीले राजस्व अनुसन्धान कार्यालयका कर्मचारी चढेर आएको बा.१.झ ९१३५ नम्बरको जिप जलाईदिएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड अश्रृ ग्यास प्रहार गरेको छ ।
ललितपुरको पुल्चोकस्थित कार्यालयबाट गएको टोलीलले नारायणगढ सहिद चोकमा रहेको लक्ष्मीनारायण वस्त्रालयमा बुधबार बिहान ९ बजे छापा मारेर शिल लगाएको थियो । त्यसपछि आक्रोशित बनेका स्थानीय व्यवासायी सडकमा उत्रेका छन् । उद्योग वाणिज्य संघको दवाबमा पसलको फेरि शिल तोड्न कर्मचारी बाध्य भएका छन् । पसलमा लगाइएको शिल ११ बजे तोडिएको छ । सडकमा व्यवसायीको संख्या उल्लेख छ । सुरुमा प्रहरीको उपस्थिति न्युन रहेपनि अहिले बढाइएको छ ।
थाहै नदिइकन छापा मारेर व्यसायीलाई आतंकित बनाएको तथा राजस्वका कर्मचारीले घुस मागेको व्यवसायीले आरोप लगाएका छन् । पसलमा छापा मार्दा र शिल लगाउँदा व्यसायीबाट पनि प्रतिनिधीको उपस्थिति हुनुपर्ने उनीहरुको भनाई छ ।
प्रकाशित मिति: २०६९ जेष्ठ २४ १२:२१

No comments:

Post a Comment