माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै राजनीतिक दलहरुबीच सविधानका विवादित विषयमा सहमति भएमा राष्ट्रपतिमार्फत सविधानसभाको पुनस्थापना गरेर सविधान जारी गर्न सकिने बताएका छन् ।
सत्ता गठबन्धन दलहरुले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष दाहालले आफुले राष्ट्रपति, काँग्रेस र एमालेका नेताहरुसग राष्ट्रिय सहमतिका लागि छलफलगरेको र सहमतिबाट मात्र अवको निकास निस्कने हुँदा सहमतिकोआधारमा नै अघि बढ्नु पर्ने उल्लेख गरे ।
सहमतिको आधारमा निर्वाचन, सविधानसभाको पुनस्थापना वा अन्य विकल्पमा पनि जान आफू तयार रहेको उनले उल्लेख गरे ।
अन्तर्क्रियामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, मधेशी मोर्चाका नेता एंव गृहमन्त्री विजय गच्छदार लगायत मन्त्रीहरु तथा साना दलका नेताहरुको उपस्थिति छन् । संविधानसभा निर्वाचन बारे वातावरण बनाउनतथा सत्ता पक्ष बिरुद्ध लगाइएको आरोपको भ्रम निवारण गर्न कार्यक्रम आयोजना गरिएको हो । अर्थमन्त्री वर्षमान पुनले वर्तमान राजनीतिक अवस्थाबारे छरिएको भ्रम चिर्न कार्यक्रम राखिएको जनाएका छन् । अन्तक्रिर्यामा नागरिक समाज,निजी क्षेत्र, मिडिया लगायतलाई बोलाइएको छ ।
माओवादी अध्यक्ष दाहाल
–हामीले मिलेका र नमिलेका कुरा सविधानसभामा गएर सभासद्हरुलाई भन्ने कुरा भयो। म कपडा फेर्न गएको थिएँ । तर, खवर सविधानसभामा होइन, सिहदरवार जाने कुरा आयो । हामीले सविधानसभा भवन जाने कुरा भन्यौ । सभामुख पनि सिहरवारमै आउनु पर्छ भन्ने कुरामा छ भन्ने आयो । हामीले सिहदरवारमा छलफल गर्यौ कुरा विग्रदै गयो । ससद चाही बाँकी राख्ने प्रस्ताव आयो । यसको अर्थ सविधान नबनाउने तर सरकार ढाल्ने र बनाउने कुरा हो भन्ने सबैले बुझे ।
–सकटकाल लगाऔ भन्ने कुरा आयो । मैले पनि राजनीतिक सहमति हुन्छ भने सकटकल लगाउने भन्ने नै भयो । साथै मैले काँग्रेस सरकारमा आउने भनेर सहमति गरौ भने । प्रधानमन्त्रीले कलक मै बोक्छु सकटकाल लगाऔ भने तर काँग्रेस र एमालेका नेताहरुले बिरोध गरे ।
–मैले अन्तिमम् सविधानसभाको बैठक सुरु गरौभने । बैठक लम्व्यएर तीन दिन पुर्याउ सहमति गरौ भने । हल्ला त सविधानसभाको सदस्यहरुले नेताहरुको आँखामा हाल्ने भनेर राखेको छ भनेर आयो । तैपनि मैले एक पटक सभासद्हरुबाट नेताहरु कुटाइ खाऔसम्म भने । तर,केही नेताले रक्तपात हुन्छ भने त्यसको म नाम लिन्न । हामीले सबैको माग अनुसार चुनावमा जाओ भनेर चुनावको घोषणा गरिएको हो ।
–मैले राष्ट्रपति, काँग्रेस रएमालेका साथीहरुसग छलफल गरेको छु । सहमतीको अर्को बिकल्प छैन । सहमति गरेर नयाँ चुनावमा जान सकिन्छ । सुविधानका विवादित विषयहरुमा सहमति गरेर राष्ट्रपति मार्फत सविधानसभा पुनस्थापना गर्न पनि सकिन्छ ।
................................................
–दोस्रो कुरा । एकथरी साथीहरुलाई शान्ति प्रकृया नसकिइ सविधान बन्न सक्दैन भन्यो भने केही साथीले जनताको पक्षमा सविधान बनेन भने केको शान्ति भन्ने कुरा पनि आए ।
–त्यही बेला माओवादीसग सेना हुन्जेलसम्म सविधान बन्दैन भन्ने कुरा आयो । सेना समायोजन गरियो भने दुई दिन, तीन दिनमा सविधान बन्छ भन्ने कुरा आयो । हामीले सबैका अधिकारहरु सम्बोधन गर्ने कुरा, सघीय लोकतान्त्रिक सविधान बनाउने कुरा भनियो ।
–हाम्रो मनमा कही न कही कुरा त थियो । पुरतन्वादी दलहरुले अवरोध गर्ने कुरा त लागेको थियो । हामीले खतरा देख्दा देख्दै पनि सेना समायोजन गर्यौ । त्यसको कारण माओवादीका कारण सविधान नबन्ने अवस्था नआओस भनेर नै हामीले र पार्टी अध्यक्षका हैसियतले मैले सेना समायोजन गरियो । क्यान्टोन्मेन्ट नेपाली सेनाको जिम्मा लगायौ।
–हामीलाई त्यसपछि सविधान निर्माणमा सहमति जुट्नेछ भन्ने लागेको थियो । आदिवासी जनजाति, मधेसी, दलित, महिलालगायतको अधिकारसहितको सविधान बन्छ भन्ने लागेको थियो ।
–हामी प्रत्यक्ष राष्ट्रपतीय प्रणालीलाई छाडेर मिश्रित प्रणालीमा गयौ । पूर्ण समानुपातिक निर्वचन प्रणालीलाई छाडेर मिश्रितमा आयौ । हामीले पहिचानसहितको सघीयतामा अडियौ । हामीले एकल पहिचानको कुरा मात्र गरेनौ । लचिलो हुँदै गएपछि हामीले १४ वाट, १० हुँदै ११ मा आयौ । हामीले किरातको सट्टा किरात कोशी बहुजातीय प्रदेशको नामाकरणमा आयौ । हामीले सविधानसभामा पहिचानको आधार भनेको जातीयलाई एक नम्बरमा राखेको थियो । त्यसलाई पुरै छाड्नु भनेको उनीहरुको इतिहास, सभ्यता सबै नामेट गर्नु हो ।
–काँग्रेसका केही नेताहरुसग हामीले नेवा वाग्मती बहुजातीय प्रदेश जस्ता नामहरु राख्ने कुरा गरियो । काँग्रेसका दुई जना नेता र एमालेका दुई जना नेतासग कुरा गरेपछि मैले सहमति नजिक नजिक हुने कुरा थियो । काँग्रेसमा ससदीय दलका नेता रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला र एमालेका अध्यक्ष झलनाथ खनाल र माधवकुमार नेपालसग यो सहमति भएको थियो । तर बेलुका हुँदै गएपछि काँग्रेसका नेताहरु सघीयताको नामै सुन्न नसक्ने अवस्था भयो ।
........................................................
–हामीले सविधानसभापछि बहुमत र अल्पमत भएर हिड्ने छैन भनेका थियौ । सबै दस्तावेजमा सहमतिकै आधारमा अघि बढ्ने भनिएको थियो ।
–हामी नेपाली जनताले सविधान नपाएसम्म सहमतिको बाटोमा जाने भनेका थियौ । त्यसमा हामी दृढ थियो ।
–सविधानसभाको निर्वाचनमा बहुमत प्राप्त भएको देखेपछि राजनीतिक दलहरुलाई के भयो ? अन्तरिम सविधानको सबै सहमतिका प्रतिबद्धताको विपरित सरकार बनाउने र भत्काउने खेल सुरु भयो । अल्पमत र बहुमतको आधारमा भयो ।
–सविधानसभाको निर्वाचन पछि १५ गतेको राती निक्कै ढिलो गरी गणतन्त्र घोषणा भयो ।
–त्यो ढिलो भएको कारण सहमतिमाजानु पर्छ भन्ने हाम्रो कुरा थियो । तर, काँग्रेस र एमालेकासाथीहरुले अल्पमत र बहुमतको बाटो जानु पर्छ भनियो । त्यसबेला हामीले सहमतिको बाटो छाड्ने की गणतन्त्र रोज्ने भन्ने भयो । हामीले गणतन्त्र रोज्यौ । त्यही अल्पमत र बहुमतको प्रकृयामा पुगेपछि अहिलेको अवस्था आएकोहो ।
प्रकाशित मिति: २०६९ जेष्ठ २३ ०२:४३
No comments:
Post a Comment