प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेको अवस्थामा एउटाले असंवैधानिक कदम चलाए अर्कोले पनि असंवैधानिक कदम उठाउन सक्ने बताएका छन्। राजधानीको याक एन्ड यति होटलमा आयोजित सरकारी गठबन्धनको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक सहमति नै अहिलेको अन्यौल हटाउने उपाय रहेको बताए।
सहमति पनि नगर्ने, प्रक्रियामा पनि नजाने, संकटकाल लगाएर म्याद थप्न पनि नदिने र चुनावबाट पनि भाग्ने प्रवृत्तिले संकट निम्तिएको उनले बताए।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभाको म्याद केही दिन थपौं भन्ने स्थितिमा सर्वोच्चले त्यो बाटो छेकिदिएको बताए। 'जनताको प्रतिनिधिमूलक संस्थालाई बचाउन मानहानीको अभियोग लागेर अदालत धाउने मै हुँ', सर्वोच्च अदालतको आदेशप्रति लक्ष्यित गर्दै उनले भने- 'म कसरी संविधानसभा भंगको लागि जिम्मेवार छु ?'
संविधान सभा आफूले भंग गरेको भनी लगाइएको आरोपलाई दुष्प्रचारको संज्ञा दिँदै उनले संविधान सभा म्याद सकिएर स्वतः भंग भएको बताए।
प्रतिक्रियाहरू
No comments:
Post a Comment