Tuesday, June 5, 2012

चुनाव घोषणाविरुद्ध २२ दलको चर्को प्रदर्शन गर्ने

आगामी जेठ २६ गते हुने शक्ति प्रदर्शनका लागि २२ राजनीतिक दलको वैठक सम्पन्न भएको छ। नेपाली कङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा बसेको २२ राजनीतिक दलहरुका केन्द्रीय प्रतिनिधिहरुको बैठकले चुनाव घोषणाविरुद्ध चर्को प्रदर्शन गर्ने निर्णय गरेको छ।
सरकारको असंवैधानिक, प्रतिगामी र निरंकुश निर्णय एवं माओवादी सर्वसत्तावादका विरुद्ध विरोध कार्यक्रम गर्नेमा छलफल केन्द्रित थियो। बैठकले जेठ २४ गते अपरान्ह २ बजे नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालयमा सबै राजनीतिक दलहरुको स्वयंसेवक परिचालन सम्बन्धी बैठक गर्ने तय गरेको ५।

No comments:

Post a Comment