खलङ्गा (बैतडी), जेठ २५- बैतडीको देहिमाण्डौँ–गिरेगडा सडक निर्माणका क्रममा ढुङ्गा खसेर एक बालकको मृत्यु भएको छ। सडकको तलपट्टि ऐंसेलु खान गएको बेला स्काभेटरद्वारा फुटाउन लागेको ढुङ्गाखसेर देहिमाण्डौँ-६ का ११ वर्षीय हरिष बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीसँगै ऐंसेलु खान गएका ग्वाल्लेक–६ का १० वर्षीय बालक टङ्कप्रसाद जोशी घाइते भएका छन्। घाइते बालक जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्केको प्रहरीले जानकारी दिएको छ।
स्काभेटर चालक विकास लामालाई प्रहरीले नियन्त्रणमा लिएको बैतडीका प्रहरी निरीक्षक लालबहादुर साउदले बताए।
- रासस
प्रतिक्रियाहरू (0)
No comments:
Post a Comment