काठमाडौँ, जेठ २५ (नागरिक)- स्वच्छ बाग्मती नाराका साथ शनिबारदेखि हुन लागेको महोत्सवको प्रचारका लागि आयोजित कार्यक्रममा पूर्व मन्त्री गणेश साहले जलस्रोतको धनी देशमा जाँड पानी प्रशस्त पाइए पनि स्वच्छ पानी नपाइएको भन्दै व्यङ्ग्य गरेका छन्।
उनले सबै धर्मका प्रायः पर्वहरु नदी किनारमा हुने भएकोले अबको पहिलो प्राथमिकता नदी प्रदुषण रोक्ने तर्फ हुनु पर्ने बताए।
पत्रकार सम्मेलनमा बाग्मती नदी महोत्सव २०१२ का संयोजक मेघ आलेले सगरमाथा नेपालीको ताज भए पनि बाग्मती लाज बनेको बताए। उनले ढलको उचित व्यवस्था गरी मेलम्चीबाट पानी ल्याएर भए पनि बाग्मतीमा पानीको मात्र बढाउनु पर्ने बताए।
समितिले शनिबारदेखि ७५ दिनसम्म नदी किनार, घाट तथा टोल सफाई, वृक्षरोपण, सम्पदा यात्रा, विद्यालय, विद्यार्थी चेतना कार्यक्रम, प्लाष्टिक विस्थापन अभियान, स्वच्छ उर्जा, साइकल यात्रा, बाग्मती अन्तर्क्रिया, चरा अवलोकन कार्यक्रम गर्ने भएको छ।
त्यसैगरी घाटदेखि घरसम्म वागमति यात्रा अभियान, गड्यौला सम्मेलन, जलयात्रा जस्ता चेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रम गर्ने आयोजकले बताएको छ।
No comments:
Post a Comment