काठमाडौं, जेठ २६ (नागरिक)- नेपाली कङ्ग्रेसका नेता प्रकाशमान सिंहले माओवादीले निर्वाचनमा दुई तिहाई मत पाउने दाबी गर्नु सपनामात्र भएको बताएका छन्। उनले तेल, ग्यास, सुरक्षा जस्ता आधारभूत समस्यासमेत हल गर्न असक्षम माओवादीको यस्तो कल्पना धेरै परको कुरा भएको दाबी पनि गरे। नेपाली कङ्ग्रेस - नेकपा एमालेसहितका सत्ताविरोधी २२ दलको गठनबन्धनले आयोजना गरेको शक्ति प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन।
खुलामञ्चको यो कार्यक्रममा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट जुलुससहित भेला हुने क्रम जारी छ। भेलाका कारण राजधानीको यातायात पनि प्रभावित बनेको छ। खुलामञ्चमा राजनीतिक दलका नेताहरुले सम्वोधन गर्ने क्रम जारी छ। पार्टीका झन्डासहित कार्यकर्ताहरु कार्यक्रमस्थलमा पुगेका छन्। भाषण सुन्न पुगेकाहरुलाई पालमुनि बस्ने व्यवस्था मिलाइएको छ।
कङ्ग्रेसको सुन्धाराबाट, एमालेको भृकुटीमण्डप, राप्रपा र राजपाको नक्साल, चुरे भावरको न्युप्लाजा, नेकपा मालेको गौशाला, जनता दलको लैनचौर र बाँकी दलले भद्रकालीबाट जुलुससहित खुलामञ्च पुग्ने कार्यक्रम तय भएको थियो।
No comments:
Post a Comment