काठमाडौं, जेष्ठ २३ - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गत बिहीबार अज्ञात समुहले गोली हानी हत्या गरेकोप्रति घोर भत्र्सना गर्दै टे्रड युनियनहरुले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन् ।
युनियनहरुले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा घटनाको सत्यतथ्य पत्ता लगाउन सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश वा वहालवाला स्थायी न्यायाधीशको अध्यक्षतामा तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्तिसहित दिवंगत न्यायाधीशलाई सहिद घोषणा गर्न तथा घाइतेको राज्यका तर्फबाट निःशुल्क उपचार गर्न माग गरेको छ । साथै, छानबिनको नाममा एक न्यूनवैतनिक कर्मचारीलाई अनावश्यक दुःख दिने कार्य बन्द गर्न आग्रहसमेत गरेको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन न्यायपालिका केन्दि्रय समिति, सर्वोच्च अदालतका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन, राष्ट्रसेवक कर्मचारी संगठनकाअध्यक्षहरु तथा राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रीय सदस्यले हस्ताक्षर गरेको उक्त विज्ञप्तीमा देशभरका सबै अदालत तथा न्यायिक निकायहरुमा कार्यरत कर्मचारीहरुलाई जेठ २३ देखि२६ गतेसम्म हातमा कालोपट्ट िबाँधि कामकाज गर्न आव्हान गरेको छ ।
प्रकाशित मिति: २०६९ जेष्ठ २३ १२:००
No comments:
Post a Comment