Monday, June 4, 2012

२० हजार रुपियाँमा प्लस टुको नक्कली प्रमाणपत्र

काठमाडौँ, जेठ २२ (नागरिक)- साढे ७ हजारदेखि २० हजार रुपियाँ लिई प्लस टुको नक्कली प्रमाणपत्र बनाएको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २५ वर्षका बलिन्द्र रायमाझीलाई पक्राउगरेको छ। ललितपुर जिल्ला ईमाडोल-५ डेरा गरी बस्नेसिन्धुपाल्चोक जिल्ला पिपलडाँडा-३ घर भएका उनीमाथि अन्य सरकारी कागजातहरु किर्ते गरेको समेत आरोप छ।
उनको डेराकोठाबाट शैक्षिक संस्थाको प्रमाणपत्र,सरकारी कागजातहरु किर्ते गर्न प्रयोग गर्ने विभिन्न आधुनिक प्रिन्टरहरु, प्रमाणपत्र बनाउनेपेपरहरु, विभिन्न सरकारी कार्यालयका नक्कली सिफारिस पत्रहरु, स्टाम्प लगायतका सामान बरामद भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उनले ५/६ बर्ष अघिदेखि नक्कली प्रमाणपत्र बनाउँदै आएका थिए। उनले हालसम्म २ सय भन्दा बढी नक्कली प्रमाणपत्र बनाइसकेको प्रहरीको दावी छ। नेपाल प्रिन्ट्रिङ सपोर्टको नाममा नक्कली छाप र लेटरप्याड बनाई भारतको दिल्लीस्थित डेसमेट कम्पनीलाई पत्राचार गरी प्सल टु को नक्कली प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र ठूलो मात्रामा छपाई गर्न अर्डर दिएको तर छपाई पुरा भई नसकेको अनुसन्धानबाट खुल्न आएको प्रहरी बताउँछ।
थप अनुसन्धान एवं कारवाहीको लागि उनलाई महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाइएको छ।

No comments:

Post a Comment