काठमाडौं, जेठ २२- राष्ट्रपति रामवरण यादवले मुलुकको वर्तमान समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका छन्। उनले सबै दलहरुबीच सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने धारणा राखेको काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व सभासद् धनराज गुरुङले जानकारी दिए।
विघटित संविधानसभा ब्युँताउनु पर्ने आग्रह लिएरराष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका पूर्व सभासद्हरुलाई उहाँले राष्ट्रिय सहमतिका लागि दबाब सिर्जना गर्ने सुझाव दिएका थिए।
'मुलुकको निकासका लागि सबै दलहरुबीच राष्ट्रिय सहमति आवश्यक छ,' भेटमा राष्ट्रपति डा यादवको भनाइउद्धृत गर्दै केन्द्रीय सदस्य गुरुङले भने- 'सहमतिमा दलहरुले गर्ने निर्णयलाई सबैले मान्नुपर्छ, म पनि त्यसकै आधारमा अगाडि बढ्ने हो।'
काँग्रेसका निवर्तमान चार दर्जनभन्दा बढी सभासद्ले संविधानसभा ब्युँताउनु पर्ने भन्दै हस्ताक्षर गरेलगत्तै उहाँहरुले आज राष्ट्रपति यादवसँग भेट गरेका हुन्।
राष्ट्रपति यादवसँग भेट गर्न जानेहरुमा कमला पन्त, धनराज गुरुङ, जीवनप्रेम श्रेष्ठ, मोहन पाण्डेलगायत आठ- नौजना पूव सभासद्हरु थिए।
यता, राष्ट्रपतिलाई भेट गर्ने विषयमा काँग्रेसका पूर्व सभासद्हरुबीच विवाद भएको थियो। विवाद भएपछि शोभाकर पराजुलीसहितका सभासद्राष्ट्रपतिलाई भेट गर्न गएनन्। रासस
No comments:
Post a Comment