Thursday, May 10, 2012

प्रि-मनसुन सक्रिय, देशभर वर्षा

काठमाडौं, वैशाख २८ - बुधवारसम्म पहाडी र हिमाली क्षेत्रमा सक्रिय 'प्रि मनुसन' विहीवार देशभर सक्रिय भएको छ । विहीवार अपरान्हदेखि राजधानीसहित पूर्वदेखि पश्चिमसम्म नै वर्षा भएको छ ।
पूर्वी क्षेत्र हुँदै प्रवेश भएको बंगालको खाडीको हावा सक्रिय भएपछि देशभर प्रि मनुसन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।
'बंगालको खाडीबाट आएको हावा पूर्वी भाग हुँदै नेपाली भूभागमा प्रवेश भएपछि वर्षा सक्रिय भयो' श्रेष्ठले भने । यो वर्षालाई विशेषज्ञहरुले ठन्डरसाउन (मेघगर्जन र असिनासहितको वर्षा) वर्षासमेत भनेका छन् ।
श्रेष्ठका अनुसार केही दिनदेखि भारतको विहार, सिक्किम र बंगलादेश तथा भुटानमासमेत प्रि मनुसन सक्रिय भएको छ । नेपालमा भने बुधवारसम्म हिमाली रमध्ये पहाडी जिल्लामा मात्रै हल्का वर्षा भएको थियो ।
प्रकाशित मिति: २०६९ वैशाख २८ ०४:४६

No comments:

Post a Comment