Thursday, May 17, 2012

गैरसदस्यले संविधान सभाका सदस्यलाई काम गर्न दिएनन् : कङ्ग्रेस नेता

नेपाली कङ्ग्रेसका पर्सा जिल्ला अध्यक्ष सुरेन्द्रप्रसाद चौधरीले गैरसदस्यहरुले संविधान सभालाई काम गर्न नदिएको आरोप लागाएका छन्। चरित्र, नेतृत्व, सिद्धान्त र इमानदारीको सङ्कटबाट गुज्रिरहेको नेपाली राजनीति राष्ट्रिय स्वाभिमानको रक्षा गर्न असक्षम रहेकोआरोप पनि उनले लगाए।
प्रयोगस्थलका रुपमा उपयोग गरिँदै आएको नेपालको राजनीति बाहिरी शक्तिहरुको दबाबले प्रभावित रहँदै आएको चौधरीको गुनासो थियो।
यसैगरी एमाले नेता प्रदीप ज्ञवालीले जेठ १४ मा जारी हुने संविधानमा प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा तीन वटा धारामा उल्लेख गरिने जानकारी दिए। संविधान सभाको मौलिक हक तथा राज्यको निर्देशक सिद्धान्त समितिका सदस्यसमेत रहेका एमाले नेता ज्ञवालीले ६ महिनामा पूरा गर्नुपर्ने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन साँढे तीन वर्ष लागेकाले संविधान जारी गर्न ढिलो भएको बताएका थिए। उत्पीडनको समाप्ति अलग–अलग पहिचान बोकेका समुदायको टकराहटबाट सम्भव नभएकाले सबैको साझा हितका निम्ति जातीय प्रदेशको सोचबाट माथि उठ्न आवश्यक रहेको पनि उनले बताए।
बिहीबार वीरगन्जमा प्रेस चौतारीको जिल्ला सम्मेलन उद्‍घाटनमा उनीहरुले यस्तो बताएका हुन।

No comments:

Post a Comment