मोरङ, चैत ३ (नागरिक)- बिराटनगर उपमहानगरपालिका-४ बस्ने गंगा माया खनालको
घरबाट नगद लगायतका धनमाल लुटपाट भएको छ।
निज खनाल चैत २ गते साढे ४ बजे घरमा एक्लै बसिरहेको अवस्थामा भान्जा सहित
३ जना व्यक्तिहरु आएर घरको साँचो खोसी नगद ४० हजार रुपैया, सुनका गहना ७
तोला र चाँदी १५ तोला लुटेको केन्द्रीय प्रहरी समाचाक्ष कक्षले जनाएको छ।
नगद तथा सुनचाँदी खोसेर भागेका उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment