Monday, May 14, 2012

११ प्रदेशमै सहमति खोज्ने र म्याद नथप्ने माओवादी निर्णय

माओवादी स्थायी कमिटीले जसरीपनि सहमति गरेर जेठ १४ भित्रै संविधान ल्याउने निर्णय गरेको छ। माओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार बैठकले अहिले अघि सारिएको ११ प्रदेशको प्रस्तावमै सहमति खोजिने निर्णय पनि भएको छ। त्यसैगरी संविधान सभाको म्याद नथप्ने विषयमा पनि बैठक सहमत भएको छ।
माओवादी संसदीय दलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। यो बैठकपछि प्रदेशको नामाकरण कसरी गर्ने भन्नेबारे छलफलका लागि अहिलेमाओवादी नेताहरु क्षेत्रीय रजातीय मोर्चाका नेतासँग बैठकगरिरहेका छन्।

No comments:

Post a Comment