मनोज अधिकारी, पोखरा, वैशाख २७- जातीय राज्यविरुद्ध संयुक्त संघर्ष समितिले बुधबार साँझ पोखरामा निकालेको मसाल जुलुसमा प्रहरीसँग झडप हुँदा दुवै तर्फका १२ जना घाइते भएका छन्। मसाल जुलुसबाट फर्कने क्रममा पृथ्वीचोकमा झडप भएको हो। प्रहरीमाथि ढुंगा हानेपछि भीडलाई तितरवितर गर्नुपरेको कास्की प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र पौडेलले बताए।
उनकाअनुसार उक्त झडपमा दुई प्रहरी र ४ प्रदर्शनकारी घाइते भएका छन्। टाउकोमा चोट लागेका प्रहरीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। यस्तै आफ्नो तर्फ एकदर्जन घाइते भएको र उनीहरुको नयाँ बजारस्थित चरक अस्पतालमा उपचार भईरहेको संयुक्त संघर्ष समितिले जनाएको छ।
जातीय राज्यविरुद्ध संयुक्त मोर्चा नै गठन गरी आन्दोलनमा उत्रेका कास्कीका पाँच वटा संगठनको संयुक्त संघर्ष समितिले साँझ पोखरामा बृहत मसाल जुलुस निकालेको हो।
No comments:
Post a Comment