Wednesday, May 2, 2012

अफगानिस्तानमा एक नेपालीको मृत्यु, तीन घाइते

)- अफगानिस्तानको ग्रिन भिलेजमा तालिबानले गरेको आत्मघाती आक्रमणमा परी एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ। जर्मन समाचार एजेन्सी डीपीएका काबुल स‍ंवाददाताका रुपमा कार्यरत नेपाली पत्रकार सुबेल भण्डारीका अनुसार आक्रमणमा पाँच जनाको मृत्यु भएको छ।
भण्डारीले मर्नेहरुमा एक नेपाली गार्ड र एक अफगान विद्यार्थी रहेको र संघर्ष जारी रहेको ट्विट गरेका छन्।
उनका अनुसार तीन जना घाइते छन् जसमध्ये एकको अवस्था चिन्ताजनक छ।
मर्ने नेपालीको परिचय खुल्न सकेको छैन। अफगानिस्तानमा रोजगारीका लागि जान सरकारले प्रतिबन्ध लगाएको भए पनि सुरक्षा कम्पनीहरुमा ठूलो संख्यामा नेपाली कार्यरत छन्।

No comments:

Post a Comment