Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Friday, July 27, 2012

विदेश लैजाने भन्दै दुई करोड ठगी गरी फरार

१२ साउन, विराटनगर । अफगानस्तान लैजाने प्रलोभनमा पारेर सर्वसाधारणवाट दुई करोड रुपैयाा ठगी गरी मोरङका दूईजना युवा फरार भएका छन् । अफगानिस्तानको डाइना केकप्रो नामक कम्पनीमा रोजगारी दिलाउने प्रलोभनमा पारी मोरङ र झापाका ४० युवाबाट जनही तीन लाख ५० हजारदेखि चारलाखका दरले उठाई मोरङ सिजुवा-३, का दलबहादुर अधिकारी तथा उर्लाबारी-४, का जगतबहादुर भुजेल फरार भएको पीडितहरुले जनाएका छन् ।
पीडित व्यक्तिले सामूहिकरुपमा जिल्ला प्रशासन कार्यालय मोरङ एवम् जिल्ला प्रहरी कार्यालयमा ठगीसम्बन्धी उजुरी दर्ता गराएका छन् । भारतको नयाँदिल्लीस्थित पहाडगन्जमा अजित सिंह नामक व्यक्तिको नाममा रहेको एक म्यानपावर कम्पनीमार्फत अफगानिस्तान पठाउन उनीहरुलाई उक्त दुवै व्यक्तिले दिल्ली बोलाएको पीडितहरुलेजनाएका छन् ।
ठगीमा परेका ४० जनालाई दिल्लीमा एक महिना राखी अलपत्र छाडेको र विदेश नपठाएपछि आफूहरु बाध्य भई घर फर्केको पीडितले बताएका छन् । पीडितमध्ये झापा दमक-१० का प्रकाश चौहानले दिल्लीस्थित नेपाली राजदूतावासमा समेत उजुरी गर्दा फरार व्यक्ति पक्राउ गर्न नसकिएको बताउनुभयो ।

दूध चुसाउन नेपाली महिलाको तस्करी ?

१२ साउन, काठमाण्डौ । सामन्यतया महिलाको बेचबिखन यौनजन्य प्रयोजनका लागि हुने गर्दछ । मुम्बई होस वा खाडी मुलुक यौन दासताका लागि नै नेपाली महिलाको बेचबिखन हुँदै आएको छ । तर पछिल्लो दिनमा यसका नयाँ आयामहरु पनि खुल्न थालेका छन् । घरानीय परिवारका बच्चालाई दूध चुसाउने ‘धाईआमा’का रुपमा पनि नेपाली महिलाहरुको तस्करी हुने गरेको खुल्न आएको छ ।
शुक्रबारको कान्तिपुर दैनिकको बिबिधा पेजमा महिला अधिकारकर्मी दुर्गा घिमिरेले यौन दासताकालागि मात्र नभएर अन्य प्रयोजनका लागि समेत नेपाली महिला र बालबच्चाको तस्करी बढ्न लागेको लेखमार्फत जानकारी गराएकी छिन् ।
छिमेकी भारतको बिहारमा बिगत दुई बर्षदेखि भर्खरै जन्मिएका बालबालिकालाई दूध चुसाउन नेपाली सीमा क्षेत्रका भर्खरै सुत्केरी भएका महिलाको तस्करी हुने गरेको बीरगंजमा हालै आयोजित दुई देशका सहभागीको अन्तरक्रियामा खुलासा भएको छ । बिहारका सम्भ्रान्तहरुले बच्चा जन्माएपछि आमाको सुन्दरमा कुनै कमी नआवोस भनेर दूध नचुसाउने गरेको र त्यसका लागि सीमा क्षेत्रका नेपाली महिलाको तस्करी हुने गरेको सहभागीले बताएका छन् । अचेल दलालहरुले सुत्केरी महिलालाई आफ्नो निसाना बनाउने गरेको बिहारको जीपीएसभीएस नामक गैरसरकारी संस्थाका अध्यक्ष रमेश सिंहले जानकारी दिए ।
बेचबिखनविरुद्ध काम गरिरहेका संस्थाका अभियन्ताहरुका अनुसार दलालले उनीहरुलाई फकाई फुल्याई यस्तो काममा लैजाने गरेका छन् । फकाउँदा पनि नमानेमा उनीहरुमाथि बल प्रयोग हुन्छ र बन्धक बनाइन्छ । बिहारका कामकाजी महिलाले यस्तो प्रयोजनका लागि नेपाली महिलालाई नै रुचाउने गरेको उनीहरुको भनाई छ ।

Thursday, July 26, 2012

श्रीमतीको प्रतिकारमा श्रीमानको मृत्यु

दमन राई/ उज्यालो । खोटाङ, साउन ११ – आफ्नै श्रीमतीको खुकुरी प्रहारबाट खोटाङमा एक पुरुषको ज्यान गएको छ । मादक पदार्थ सेवन गरेका फेदी ९ का किरण राईले श्रीमतीलाई खुकुरीप्रहार गर्न खोज्दा श्रीमतीको प्रतिकारमा ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार संखुवासभामा ज्यालामजदुरीको काम गर्न गएका राईलाई खोटाङ फर्किनेक्रममा आफ्नै पत्नी कमला राईको भोजपुरको पखुवाभञ्ज्याङमा खुकरी प्रहार गरेकी थिइन् । संखुवासभाको सभाखोलामा रहेको सुकुम्बासीटोलमा गिटीढुंगा कुट्ने काम गर्दै आएका राईले खोटाङ फर्कनेक्रममा श्रीमती र चार वर्षीय छोरी अप्सरालाई खुकरी प्रहार गर्न खोज्दा श्रीमतीको प्रतिकारमा ज्यान गुमाएका हुन् ।
श्रीमानलाई खुकरी प्रहार गर्ने कमलालाई भोजपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

Wednesday, July 25, 2012

बेपत्ता नागरिक खोज्न सरकार प्रतिबद्धः प्रधानमन्त्री

साउन, काठमाडौं । प्रधानमन्त्री डा बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वको समयमा राज्यद्वारा बेपत्ता पारिएका नागरिकहरुको खोजीका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राज्यद्वारा बेपत्ता पारिएका योद्धा समाजले माओवादी पार्टी केन्द्रीय कार्यालयद्वारा पेरिसडाँडामा प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै भट्टराईले काँग्रेस र एमालेका कारण बेपत्ता नागरिक खोजबिनका लागि निर्माण गर्न लागिएको कानुन बनाउन नसकिएको बताउनुभयो । उहाँले बेपत्ता नागरिकहरुको स्थिति सार्वजनिक हुन नसक्दा परिवारमा झन् पीडा थपिने भएकाले पनि सरकार त्यसबारेमा गम्भीर बनेको बताउनुभयो ।
राज्यद्वारा बेपत्ता पारिएका नागरिकको स्थिति सार्वजनिक गर्न सरकारलाई पटक-पटक दबाब दिँदा पनि सार्वजनिक नगरिएको भन्दै बेपत्ता परिवार समाजलेप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको समाजका सचिव पूजा खनालले जानकारी दिनुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको पूर्व सभासद्समेत रहनु भएकी खनालले बताउनुभयो । उहाँले आफ्ना आफन्तहरु बेपत्ता पार्न प्रमुख भूमिका खेलेका भैरवनाथ गणका तत्कालीन गणपति राजु बस्नेतलाई सरकारले पदोन्नति गर्न लागेको भन्दै त्यस्तो गरिए राम्रो नहुने चेतावनीसमेत दिएको बताउनुभयो ।
जवाफमा प्रधानमन्त्रीले सरकार दण्डहीनताको पक्षमा नभएको भन्दै नागरिक बेपत्ता पार्नेहरुकोबढुवा नहुने बताउनुभएको थियो ।
ज्ञापनपत्रमा समाजले बेपत्ता सार्वजनिकसम्बन्धी विधेयक तथा आयोग तुरुन्त गठनगर्न माग गरेको छ । समाजले बेपत्ता र सहिदका बालबालिकालाई दिइँदैआएको छात्रवृत्ति रकम पर्याप्त उपलब्ध गराउन तथा उमेर र सङ्ख्याको हदबन्दी हटाउन पनि माग गरेको छ । त्यसैगरी, बेपत्ता नागरिकका परिवारलाई परिचयपत्रको व्यवस्था गर्न पनि माग गरिएको छ । रासस

छवर्षे राजनीतिक प्रक्रिया भंग हुने खतर

माधव ढुङ्गेल, काठमाडौं, साउन १० - संविधानसभाको चुनाव कि संसदीय चुनाव भन्ने दुई खेमामा प्रमुख दल विभाजित हुन थालेपछि साढे छ वर्षदेखि जारी राजनीतिक प्रक्रिया नै भंग हुने खतरा बढेको छ। दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिमारूपान्तरण गर्न र पूर्ण लोकतान्त्रिक शासन स्थापित गर्न सात दल र माओवादीबीच सुरु भएको सहयात्रा संविधानसभा विघटनपछि टुट्ने अवस्थामा पुगेको हो।
माओवादी शान्ति प्रक्रियामा आएपछि सरकारी वार्ता टोली सदस्य रहेका कांग्रेस नेता रमेश लेखकले संविधानसभाबाट संविधान नबनाउने निर्णयमा पुगे यो प्रक्रिया नै अन्त्य हुने बताए। 'संविधानसभाको नयाँ चुनाव या पुनर्स्थापना गरी संविधान जारी गर्ने सहमति भए १२ बुँदे समझदारीअनुसारको राजनीतिक प्रक्रियाले निरन्तरता पाउँछ,' लेखकले नागरिकसँग भने, 'नयाँ संविधान नै नबनाई संसदीय चुनावमा जानु प्रक्रिया भत्काउनु हो।'
२०६२ मंसिर ७ मा भारतको राजधानी नयाँदिल्लीमा भएको '१२ बुँदे समझदारी' मा माओवादीले प्रतिस्पर्धाको बहुदलीय राजनीति स्वीकार्ने र कांग्रेस-एमालेलगायत दलले गणतन्त्रसहितको समावेशी लोकतान्त्रिक व्यवस्थालाई स्वीकार्ने सहमति भएको थियो।
संविधानसभाले संविधान बनाउन नसकेपछि एकीकृत माओवादी नेतृत्वको सरकारले नयाँ संविधानसभा चुनावको घोषणा गरेको छ। एमाले स्थायी समितिले भने संविधानसभाको चुनाव अस्वीकार गर्दै संसदीय चुनाव माग गरेको छ।
'संविधानसभा चुनाव एकलौटी घोषणाले १२ बुँदेदेखिको सहयात्रा भंग गरेको छ,' एमाले प्रचार विभाग प्रमुख रहेका तत्कालीन सरकारी वार्ता टोलीका अर्का सदस्य प्रदीप ज्ञवालीले भने, 'सरकारले घोषणा गरेको संविधानसभा चुनाव एमाले-कांग्रेसलगायत विपक्षी दलले स्वीकार गर्न नसक्ने स्थिति आयो।'
माओवादीको सशस्त्र आन्दोलन र राजाको अधिनायकवादी शासनबीचको द्वन्द्वले देश अस्तव्यस्त भएका बेला सशस्त्र द्वन्द्व समाधान गरी लोकतन्त्र स्थापना गर्न राजनीतिक दलहरू र 'विदेशी मित्र' सहितको छलफलपछि १२ बुँदे समझदारी भएको थियो। लोकतान्त्रिक जनआन्दोलन उत्कर्षमा पुगेका बेला २०६२ चैत ६ मा सात दल र माओवादीबीच दोस्रो समझदारी भएको थियो। त्यसमा पनि सशस्त्र द्वन्द्वका विषयलाई अग्रगामी निकासद्वारा स्थायी शान्ति कायम गर्ने सहमति दोहोर्‍याइएको थियो।
सात दलका नेताले निरंकुशताविरुद्धको आन्दोलनका लागि जुट्न जनतालाई आह्वान गरेपछि आन्दोलन चर्कियो। वैशाख ११ मा लोकतन्त्र पुनर्बहाली भयो।
जनआन्दोलन सफल भएको सात दिनपछि २०६३ वैशाख १७ मा पुनर्स्थापित प्रतिनिधिसभाले सार्वजनिक महŒवको प्रस्तावको रूपमा संकल्प प्रस्ताव पारितगर्योु। त्यसका प्रस्तावक कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला तथा समर्थकमा माधवकुमार नेपाल, शेरबहादुर देउवा, अमिक शेरचन र नारायणमान बिजुक्छे थिए।
२०६३ जेठ ४ को प्रतिनिधिसभा घोषणामा पनि संविधानसभामार्फत नयाँ संविधान बनाउने उल्लेख थियो। असार २ मा माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित सात दलका नेताहरूको उपस्थितिमा आठबुँदे सहमति भयो। त्यसमा विगतका सहमति समेटेर अन्तरिम संविधान बनाउने, संविधानसभा चुनाव घोषणा गर्ने लगायत विषय थिए।
सहमतिमा तत्कालीन प्रधानमन्त्री कोइराला, माओवादी अध्यक्ष दाहाललगायत नेपाल, देउवा, शेरचन, विजुक्छे, भरतविमल यादव र प्रभुनारायण चौधरीले हस्ताक्षर गरेका थिए। मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौतामा २०६४ जेठभित्र संविधानसभा चुनाव गर्ने उल्लेख थियो। २०६३ माघ १ मा अन्तरिम संविधान घोषणासँगै माओवादीले अन्तरिम संसदमा प्रवेश गरेको थियो। त्यसको१५ महिनापछि संविधानसभा चुनाव भयो। त्यसको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गरेको थियो।
'जनआन्दोलन र विगतको सम्पूर्ण इतिहासप्रति दलहरू जिम्मेवार हुनुपर्छ, त्यसैबमोजिम बनेको अन्तरिम संविधानप्रति दलहरूको प्रतिबद्धता छ,' जनआन्दोलनको बलमा पुनर्स्थापित प्रतिनिधिसभाका सभामुखसमेत रहेका विघटित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले भने,'अहिले निकास खोज्दा दलहरूले विगतको पृष्ठभूमिलाई ध्यानमा राख्नैपर्छ।'
एमाले नेता ज्ञवाली सरकारले एकतर्फी रूपमा संविधानसभाको नयाँ चुनावमा जाने निर्णय गरेपछि एमाले पनि संसदीय चुनावको पक्षमा उभिएको बताए। '१२ बुँदे सहमतिको यात्रालाई भंग गर्नु हुँदैन,' उनले भने, 'दलीय सहमतिमा संयुक्त सरकार बनाएर नयाँचुनावमा जानुपर्छ।' एमालेले संविधानसभाले गरेकोकामलाई खेर जान नदिने गरी सहमतिको रक्षा गर्दै ताजा जनादेशमा जाने निर्णय गरेको उनको भनाइ छ।
चुनावमा जानुअघि संविधान बन्नुपर्ने कांग्रेस नेता लेखकले बताए। 'संविधान नबनाई अघि बढ्न सकिँदैन,' उनले भने, 'संघीयताबिना अघि बढ्न पनि सम्भव छैन।'
सशस्त्र द्वन्द्वको रूपान्तरण, संघीयता, गणतन्त्रलगायत सबै कुरा संस्थागत गर्न संविधानसभा नै प्रस्थान बिन्दु मानेकालेे संविधानसभाको मात्र अर्को चुनाव हुनसक्ने उनको भनाइ छ।
माओवादीको तर्फबाट तत्कालीन वार्ता टोली सदस्य देव गुरूङले अन्तरिम संविधानमा संविधानसभा वा संसद कुनै पनि निकायको अर्को चुनाव उल्लेख नभएकाले संवैधानिक अवरोध फुकाउनतिर लाग्नुपर्ने बताए।
'संविधानसभाको नयाँ चुनाव र संसद्को निर्वाचन दुवै संविधानमा नभएका कुरा हुन्, यी दुवैलाई अपनाउने पक्ष असंवैधानिक कुरा गर्दैछन्,' नवगठित नेकपा-माओवादी सचिव गुरूङले भने, 'प्रक्रियालाई निरन्तरता दिने हिसाबले जानुपर्छ। संविधानको धारा १५८ अनुसार राष्ट्रपतिबाट बाधा फुकाएर अघि

Tuesday, July 24, 2012

युएई दूतावासले नक्कली शैक्षिक प्रमाणपत्र नेपाल पठायो

सुरेन्द्र पौडेल, काठमाडौं, साउन ९ - युनाइटेड अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले झन्डै चार सय नक्कली शैक्षिक प्रमाणपत्र नेपाल पठाएको छ। केही महिनायता वैदेशिक रोजगारीमा गएका नेपाली कामदारबाट जफत गरिएका ती प्रमाणपत्र एसएलसीदेखि स्नातकोत्तर तहसम्मका छन्।
प्रमाणपत्र मात्र होइन, प्रमाणीकरणमा शिक्षा र परराष्ट्र मन्त्रालयको छाप र सम्बन्धित सरकारी अधिकृतको हस्ताक्षरसमेत नक्कली छ। छाप र सही सक्कलजस्तै छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केही साताअघि ललितपुरको ग्वार्को र इमाडोलबाट नक्कलीशैक्षिक प्रमाणपत्र बनाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकका बलिन्द्र रायमाझी, दिनेश अर्याल र दोलखाका पवन कोइराला गरी तीन जनालाई पक्राउ गरेको थियो। सेयौं थान नक्कली शैक्षिक प्रमाणपत्र (नम्बर राख्न माब बाँकी भएका) र अन्य नक्कली सरकारी कागजात तथा छाप सहित उनीहरु पक्राउ परेका थिए।
सिआइबीले छापा मारी उनीहरुलाई पक्राउ गर्न एक साता मात्र ढिला गरेको भए त्रिभुवन विश्वविद्यालय र उच्चमाध्यामिक शिक्षा परिषदसँग सम्बन्धीत विभिन्न तहका डेढ लाख नक्कली खाली लब्धा.क पत्र (मार्कसिट) भारतबाट नेपाल भित्रिन्थे। मात्र २० हजार रुपैयाँ तिर्न बाँकी रहेकाले छापी सकेका ती डेढ लाख नक्कली कागजात नेपाल आउन रोकिएका थिए।
सिआईबी स्रोतका अनुसार पक्राउ परेका सिन्धुपाल्चोकका बलिन्द्र रायमाझीले बयानका क्रममा नक्कली शैक्षिक प्रमाणपत्र मात्र २ सय भन्दा बढि बैदेशिक रोजगारीमा जाने बिभिन्न व्यत्तिलाई बिक्रि गरेको बताएका थिए। बिगत ६ बर्षदेखि उनी यस्तो कार्यमा सक्रिय थिए।
'नक्कली शैक्षिक प्रमाणपत्रमा आउने कामदार ह्वात्तै बढेका छन्, यसले यहाँ ठूलो समस्या सिर्जना गरेको छ,' युएईस्थित नेपाली दूतावासका उपनियोग प्रमुख दिपक अधिकारीले टेलिफोनबाट नागरिकसँग भने, 'जफत गरेका नक्कली प्रमाणपत्र थप जाँचबुझ गर्न नेपाल पठाएका छौं।'
दूतावासले केही महिनायता वैदेशिक रोजगारीमा जाने नेपालीबाट जफत गरी पठाएको नक्कली शैक्षिक प्रमाणपत्रको संख्या ३ सय ६२ छ। नेपाल पठाएका मध्ये १ सय ९३ वटा एसएलसी र १ सय ६९ वटा प्लस टु, प्रमाणपत्र तह, स्नातक तह र स्नातकोत्तर तहका मार्कसिट छन्।
विदेशस्थित नेपाली नियोगले नक्कली शैक्षिक प्रमाणपत्र तथा मार्कसिट कारवाहीका लागि नेपाल पठाएको यो पहिलो घटना भने होइन। पटक पटक बिभिन्न देशमा रहेका नेपाली दूतावासले यस्ता कागजात नेपाल पठाउँदै आएका छन्, तर थप जाँचबुझ र कारवाही भने अगाडि बढ्न सकेको छैन।
सन् २००९ मा युएई सरकारले सुरक्षा गार्ड लगायत कतिपय रोजगारीका लागि न्यूनतम योग्यता एसएलसी वा प्लस टु गरेको हुनुपर्ने नियम बनाएपछि नक्कली शैक्षिक प्रमाणपत्र तथा मार्कसिट लिई जानेको संख्या बढेको हो। जति धेरै पढेको शैक्षिक प्रमाणपत्र पेश गर्यो् सेवा सुविधा त्यत्ति नै बढी हुने भएकाले सुरक्षा गार्डमा जानेले स्नातकोत्तर तह सम्म पास गरेको कागजात पेश गर्ने गरेका छन्।
नियमत बैदेशिक रोजगारीमा जानेको शैक्षिक प्रमाणपत्र पहिला जारी गर्ने शिक्षा मन्त्रालय, त्यसपछि परराष्ट्रले प्रमाणीकरण गरेपछि मात्र बिदेशीले मान्यता दिने गर्छन्। बिदेश गईसकेपछि पनि परराष्ट्रले प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र तथा मार्कसिटलाई त्यहाँस्थित नेपाली दूतावासले प्रमाणीकरण गरेपछि मात्र सम्बन्धित देशको बिदेश मन्त्रालयले मान्यता दिने अभ्यास रहिआएको छ।
'शैक्षिक प्रमाणपत्र पेश गरेपछि सुरक्षा गार्डले यहाँ एउटा परिक्षा दिनुपर्छ। परिक्षा पास हुनेले राम्रो सेवा सुविधा पाउँछन् ,' अधिकारीले भने, 'नक्कली शैक्षिक प्रमाणपत्र तथा मार्कसिट ल्याउने अधिकांस सुरक्षा गार्डमा आउनेछन्। यहाँअलपत्र पर्ने अधिकांस यस्तै छन्।'
परीक्षा दिनको लागि नक्कली शैक्षिक प्रमाणपत्र बुझाउने केही नेपाली कामदार अहिले युएईको जेलमा छन्। नक्कली शैक्षिक प्रमाणपत्रमा आउनेलाई जेल सजाय, जरीवाना गराउनेदेखि नेपाल डिपोर्ट (फिर्ता पठाउने) गर्नेसम्मको व्यवस्था युएई कानुनमा छ। नक्कली शैक्षिक प्रमाणपत्रकै कारण युएई पुगी रोजगारीमा नलाग्दै नेपाली कामदारले रोजगारीबाट हात धुनु परेको छ।
'नक्कली शैक्षिक प्रमाणपत्र तथा मार्कसिट प्राय बिदेश जानेले बनाएको देखिन्छ,' सिआईबी स्रोतले भन्यो, 'केही बर्ष अघिसम्म होलोग्राम सक्कल जस्तो बनाउन सकेका थिएनन, अहिले त्यो दुरुस्त मात्र होइन सक्कली नै भेटिएको छ। यसले सम्बन्धीत क्षेत्रकै मान्छेको संलग्नता रहेको देखाउँछ।'
सिआईबी स्रोतका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र बनाउन गिरोह नै सक्रिय छ। पक्राउ परेकाको बयान अनुसार एउटा शैक्षिक प्रमाणपत्र बनाईदिए बापत उनीहरुले ग्राहकबाट ८० हजार रुपैयाँसम्म लिने गरेका छन् , जुन छपाउँदा उनीहरुले बढिमा एक प्रतिको १० रुपैयाँ तिर्ने गर्छन्। गिरोहले भारतबाट खाली शैक्षिक प्रमाणपत्र तथा मार्कसिट छपाई गरी नेपाल ल्याउने र यहीं आवश्यक अनुसारको नम्बर राखी प्रिन्ट गर्ने गरेको भेटिएको स्रोत बताउँछ।
केही गिरोहले भारतको दिल्लीस्थित डिस्मेट कम्पनीमा यस्ता नक्कली शैक्षिक प्रमाणपत्र छपाईनेपाल ल्याउने गरेको स्रोत बताउँछ। स्रोतका अनुसार उक्त कम्पनीबाट नै डेढ लाख नक्कली खाली शैक्षिक प्रमाणपत्र ल्याउन लागिएको थियो। गिरोहका केही सदस्य प्रक्राउ परेपछि हाललाई यो टरेको स्रोत बताउँछ। प्राय स्नातक तह पास गरीसकेका युवा यस्ता आपराधिक क्रियाकलापमा संलग्न रहेको सिआईबीको अध्ययनले देखाएको छ।
'अहिले जन्मेदेखि मरेसम्मका कागजात नक्कली बनेको हामीले भेटेका छौं। सरकारी कागजातमा सुरक्षा पिचर्स नराखेकै कारण नक्कली कागजातको बिगबिगी बढेको हो,' सिआईबी स्रोत भन्छ, 'शैक्षिक प्रमाणपत्रमा मात्र होलोग्राम राखिएको थियो, त्यो पनि गिरोहले सक्कली राख्न थालेका छन्।'
कानुन फितलो हुँदा पनि कागजात नक्कली बनाउनेहरु बढेको स्रोत बताउँछ। स्रोतका अनुसार यस्ता व्यत्तिलाई पक्राउ गरी कारबाही अगाडि बढाए पनि ९ हजार ५ सय तिरेपछि सजायबाट मुक्ति पाउने हुँदा एक पटक पक्राउ परेर छुटेपछि पनि यस्तै क्रियाकलापमा पुनः संलग्न हुने गर्छन्।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया लेख्नुस्
ईमेल
नाम
प्रतिक्रिया

क्यासिनोमा हारेपछि निर्देशकले विष सेवन गरे

९ साउन, काठमाण्डौ । जिन्दगीभर कमाएको पैसाले बनाएको घर क्यासिनोमा हारेपछि चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले आत्महत्या प्रयास गरेको खुलेको छ । क्यासिनोमा सवै सम्पत्ति हारेपछि जीवनबाट हार खाएका देउजाले सोमबार अपरान्ह काठमाण्डौको गोकर्ण जंगलमा पुगेर बिष सेवन गरेका थिए । रेडबुलमा बिष मिसाएर पिएका देउजालाई अचेत अबस्थामा प्रहरीले फेला पारेको थियो ।
उनलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेजको आईसीयुमा भर्ना गरिएको छ । चिकित्सकले उनको अबस्थाबारे केही भन्न नसकिने बताएका छन् । राष्ट्रवैंकका सहायक निर्देशकसमेत रहेका देउजा मुनामदन लगायत चर्चित चलचित्रका निर्देशक हुन् । क्यासिनोमा जुवा खेल्ने लत भएका देउजाले पछिल्ला सातामा करिव एक करोड रुपैयाँ क्यासिनोमा गुमाएका उनका निकटवर्तीहरु बताउँछन् ।
यही सातामात्र क्यासिनोमा उनले ५० लाख रुपैयाँ क्यासिनोमा गुमाएका थिए । जुवा खेल्दा कपनमा रहेको आफु बस्ने घर नै गुमेपछि उनी तनावमा थिए । जुवाका कारण पारिवारिक तनाब बढेको र डिप्रसेसन भएका कारण उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने बताइएको छ ।
देउजाले आत्महत्या गरेको खवर आएपछि गएरातीदेखि नै अस्पताल परिसरमा फिल्मकर्मीहरु पुगेका थिए ।

स्याङजाको मेलमिलाप प्रोडक्सन प्रालीमा आगलागी

९ साउन, स्याङजा । स्याङजाको साँखरमा रहेको मेलमिलाप कृषि प्रोडक्सन प्रालीमा आगलागी भएको छ । आगोमा परेर त्यहाँ रहेका एक सय ४५ वटा बाख्रा जलेर मरेका छन् ।
स्याङजा सदरमुकामवाट ३० किलोमिटरको दुरीमा रहेको र्फममा बाख्रापालन, माछापालन र मौसमी तथा वेमौसमी तरकारी खेती गर्दै आएको सञ्चालक प्रमोद पोख्रेलले जानकारी दिनुभयो । बिदेश गएर फर्किएका ८ जना युवाहरुको सक्रियतामा बाख्रा फार्मको सञ्चालन भएको हो ।
पानी परिरहेको अवस्थामा आगलागी भएको भएपनि काठै काठले बनेको खोरमा आगो लागेका कारण नियन्त्रणमा लिन नसकिएको उद्दारकार्यमा खटिएका स्थानियबासीले बताएका छन् । उक्त र्फम गत मंसिरमा स्थापना भएको थियो ।

जताजतै बम पड्काउने योजना तुहियो

९ साउन, काठमाण्डौं । राजधानीका विभिन्न सिनेमा घरहरु सार्वजनिक स्थल, सार्वजनिक यातायातका साधन, राजधानीको बसपार्क तथा विराटनगरको बस पार्कमा शक्तिशाली बम विस्फोट गराउने योजना गरिरहेका भूमिगत संगठन नेपाल डिफेन्स आर्मीका सात जना कार्यकर्तालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
भूमिगत रुपमा सशस्त्र आन्दोलन गर्दै आएको नेपाल डिफेन्स आर्मीका कार्यकर्ताले राजधानीमा बसेर विस्फोटको योजना बनाएको सुराकीको आधारमा खटिएकोप्रहरीको विशेष कार्यदल तथा अनुसन्धान निकायको संयुक्त निकायले उनीहरुलाई ललितपुरको विभिन्न भागमा बसेर योजना बनाईरहेको अवस्थामा पक्राउ गरेको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
प्रहरीले सो संगठनका सदस्यहरु पुलिस विश्वास, कविराज अर्याल, रवीन श्रेष्ठ, दिनेश भण्डारी, राम भण्डारी, प्रमोद महतो र जीवन राईलाई पक्राउ गरेको हो ।

Monday, July 23, 2012

सुकुम्बासी बिरुद्ध ‘हुकुम्बासी’

८ चैत, काठमाडौं । केही महिना पहिले राजधानीका सडकमा दिनहुँजसो सुकुम्बासीले प्रदर्शन गर्थे ।उनीहरुले पटकपटक उपत्यका बन्दको आहृवान पनि गरे । तर बन्द गर्दै सडकमा निस्कने बित्तिकै प्रहरीले झ्यापझुप समातेर लग्यो । सडकमा देख्ने बित्तिकै प्रहरीले समातेर लैजाने भएपछि सुकुम्बासीले आहृवान गरेको उपत्यका बन्द कहिल्यै पनि सफल भएन । महिला, केटाकेटी, बुढाबुढी र ठिटाठिटीको हूल नै मिलेर सुकुम्बासीले गर्ने उपत्यका बन्द नाम मात्रको भयो । तर अहिले ललितपुरको एउटा टोलले आहृवान गरेको जिल्ला बन्द चाहिं दिनदिनै सफल भइरहेको छ ।
थापाथलीको किनारबाट हटाउनुअघि आफुहरुलाई बैकल्पिक व्यवस्थाको माग गर्दै ऊबेला सुकुम्बासी आन्दोलनमा थिए । अहिले थापाथलीको टहरो भत्काएपछि अलपत्र परेका तिनै सुकुम्बासीलाई राख्न लागेको बिरोधमा ललितपुर सुन्दरीघाटका ‘हुकुम्बासी’ आन्दोलनमा छन् । बसोबासको माग गर्दै बिरोधमा उत्रिएका सुकुम्बासीलाई राजनीतिक संरक्षण भएपनि जुलुसको अघिल्तिर नेता थिएनन् । अहिले सुकुम्बासीलाई बस्न दिन हुँदैन भन्ने ‘हुकुम्बासी’को अघिल्तिर दलका नेताहरु छन् । त्यसैले साथमा कोही नभएका सुकुम्बासीलाई प्रहरीले समात्यो र बन्द असफल भयो । साथमा शक्तिशाली नेता भएका ‘हुकुम्बासी’लाई प्रहरीले केही गर्न आँट सकेन र बन्द सफल भैरहेको छ। आइतबार जस्तै सोमबार पनि ललितपुरका मुख्य शहरमा गाडी चलेका छैनन् । ‘हुकुम्बासी’हरुले मंगलबार पनि बन्दको घोषणा गर्नेछन् । उनीहरुले घोषणा गरेपछि खुलाउने आँट कसको ? त्यसैले मंगलबारपनि ललितपुर सुनसान हुने निश्चित छ ।
सुकुम्बासी राख्दा के हुन्छ ?
कुनै योजना र प्रबन्धबिना सरकारले थापाथली किनारका सुकुम्बासीलाई बल प्रयोग गरेर हटायो । सुकुम्बासीको नाममा अड्डा जमाएर बसेका त आफ्नो सुरसार गरेर अन्तै गए । जो वास्तविक सुकुम्बासी थिए, उनीहरुको जाने ठाउँ कोही छैन । अहिले पनि उनीहरु भत्केको टहरा आसपासमा पाल टाँगेर गुजारा गर्दैछन् । वषर्ाको बेला । दिनहुँजसो पानी परिरहन्छ । पातलो पालले आकाशे पानी छेक्न सकेको छैन । एकातिर झरी, अर्कोतिर हिलो । थापाथली किनारमा झण्डै ५ दर्जन परिवार निकै कष्टपूर्ण ढंगले गुजारा गर्दैछन् ।
वास्तविक सुकुम्बासीलाई स्थायी रुपमा राख्नको लागि सरकारले इचंगुनारायणमा भवन बनाउँदैछ । त्यो भवन नबन्दासम्म अस्थायी रुपमा सुकुम्बासी राख्न सरकारले पहिले चोभारको चौर रोज्यो । तर त्यहाँका स्थानीयबासिन्दाले बिरोध गरे । त्यसपछि सुन्दरीघाटको खाली ठाउँमा राख्ने गरी अस्थायी टहरा बनाउने काम भयो ।
ढल प्रशोधनको लागि भन्दै २०३२ सालमा अधिग्रहण गरिएको सुन्दरीघाटमा ५ सय ८६ रोपनी जग्गा खाली छ ।खाली जग्गामा धमाधम टहरा बनाउन थालेपछि त्यहाँका बासिन्दा सशंकित भए । अरु नै कामको लागि अधिग्रहण गरिएको जग्गामा सुकुम्बासी राख्न लागेको थाहा पाएपछि उनीहरु आगो भए । लौ त कसरी सुकुम्बासी राख्दा रहेछौ भनेर सुन्दरीघाटका बासिन्दा असार २२ देखि आन्दोलनमा उत्रिएका छन् । सरकारले बल प्रयोग गरेरै सुकुम्बासी राख्न लागेपछि स्थानीयबासिन्दाले केही गर्ने हुन् कि भनेर उल्टै सुकुम्बासीहरु नै जान मानेका छैनन् ।
सुकुम्बासीलाई केही दिनको लागि खाली जग्गामा राख्दा के हुन्छ त ? ‘फोहोर हुन्छ, चोरी डकैतीको डर हुन्छ, त्यसमाथि जे उदेश्यले अधिग्रहण गरिएको हो त्यही काम गर्नुपर्छ’ आन्दोलनरत सुन्दरीघाटका बासिन्दाको भनाई यही छ । आफ्नो ठाउँमा सुकुम्बासी आएर बसेमा ठाउँ नै कुरुप हुने उनीहरुलाई डर छ । मानौं सुकुम्बासी अरु नै ग्रहका मान्छे हुन्, उनीहरुको नजिक बस्नुपरे इज्जत नै घट्छ । सुकुम्बासीको मर्कालाई ध्यान दिँदै मानवीय व्यवहार देखाउनुपर्नेमा उल्टै मुख्य दलका जिम्मेवार नेताले नै ‘हुकुम्बासी’को आन्दोलनमा अगुवाई गरेका छन् । बाहिरबाट सुकुम्बासीको बिरोध नगरी उनीहरु आफ्नो ठाउँको संरक्षणको लागि आन्दोलन गर्नुपरेको बताउँछन् ।

मृतकमध्ये १३ को सनाखत

टेकनारायण भट्टराई /शेरबहादुर केसी, बुटवल, साउन ८- हिजो अर्घाखाँचीमा भएको माईक्रोबस दुर्घटनामा परी मृतकमध्ये १३ जनाको सनाखत भएको छ। मृतक मध्ये ६ महिला र ९ जना पुरुष छन्। गाडी मालिक अर्घाखाँची बाँगी गाविसका नारायण प्रसाद पन्थी, कपिलवस्तु चनौटाका गाडी चालक राजेन्द्र चौधरी, अर्घाखाँची वाङ्ला गविसकी सीत वस्नेत, महेन्द्रकोट कपिलवस्तुकी शारदा बेलवासे र ओमप्रकास बेलवासे, अर्घाखाँचीमा कार्यरत राष्ट्रिय अनुसन्धानका अधिकृत अर्घाखाँची केरुगाका मेघराज खनाल र अनुसन्धानकै सूचक दाङका कृष्ण चौधरी, अर्घाखाँची हंसपुरकी मिना नेपाली, अर्घाखाँची जुकेनाकी चेतकला न्यौपाने र अर्घाखाँची ठाडाकी शान्ता अधिकारी, सितापुर अर्घाखाँचीका सहचालक पदम क्षेत्री, अर्घाखाँचीकै कमला पौडेल, ढाकावाङ अर्घाखाँचीकाकेशव थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। सनाखत हुन नसकेका दुईजना तराई क्षेत्रबाट मजदुरीका लागि आएका इन्स्पेक्टर चन्द्रकुमार थापाले बताए।
बुटवलबाट अर्घाखाँची सदरमुकाम सन्धिखर्क जाँदै गरेको देउराली यातायातको बा २ ख ७९४८ नम्बरको माईक्रो (फोर्स गाडी) हिजो करिव साढे ५ बजे नरपानी गाविसको दहखोलामा दुर्घटना भएको हो।
घाईते पाँचैजनालाई सन्धिखर्क स्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बुटवल पठाइएकोमा थप उपचारका लागि ४ जनालाई भरतपुर मेडिकल कलेज पठाइएको छ भने एकजना बालक कृष्ण नेपालीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमाउपचा भैरहेको छ।
गाडीमा २० जना सवार रहेकामा बुटवलबाट एकजनाले मात्रै टिकट काटेका र बाँकी सबै विना टिकटका रहेका खुलेको छ।
प्रहरी सहायक निरिक्षक प्रकाशचन्द्र घिमिरेका अनुसार गाडी सडक देखि करिव २ सय मिटर तल खसेको थियो। घटनास्थल सन्धिखर्कदेखि करिव १२ किलोमिटरटाढा पर्छ।
प्रहरी नायव उपरिक्षक अरुण पौडेल सहितको प्रहरी टोलि, नेपाली सेना र स्थानीयले घाइतेको उद्धार र मृतकको शव निकाल्न खटिएका थिए। शव निकाल्न राती अवेरसम्म टोलि खटिएका थिए। भीरमा पल्टेका कारण उद्धारमा निकै कठिनाई भएको प्रनाउ पौडेलले बताए। सबै मृतकको शव जिल्ला अस्पतालमा राखिएको र सनाखत भएपछि सोमबार मात्रै आफन्तलाई बुझाईने पौडेलले बताए।
भीरमा एकठाउँ ठक्कर खाएर सोझै खोलामा खसेको गाडी क्षतविक्षत अवस्थामा छ। बाटो साँघुरो र घुम्ति भएका कारण स्टेरिंग फेल भएर दुर्घटना भएको घटनास्थल पुगेका इन्स्पेक्टर थापाले बताए।
कपिलवस्तुको गोरुसिंगे, ठाडा हुँदै सिन्धिखर्क जाने सडक निकै जोखिमपूर्ण मानिन्छ। बर्षेनी यो सडकमा सवारी दुर्घटना हुँदा दर्जनौं यात्रुले ज्यान गुमाउने गरेका छन्।
गाडी क्षतविक्षत अवस्थामा छ। बाटो साँघुरो र घुम्ति भएकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। घाइतेको उद्दार र मृतकको शव निकाल्न प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन्। साढे पाँच बजेतिर दुर्घटना भएको लुम्विनी अञ्चल प्रहरी कार्यालयका एसएसपी बमबहादुर भण्डारीले नागरिकन्युजलाई बताए।
गाडी दुई सय मिटर तल खोल्सामा खसेको सन्धिखर्कबाट घटनास्थल पुगेका डिलचन्द्र रायमाझीले बताए। घटनास्थल सन्धिखर्कबाट ६ किलोमिटरको दूरीमा छ।

Sunday, July 22, 2012

ठग्नेको चर्तिकला, रेडिएसन विरुद्धको यन्त्र भन्दै चर्को मुल्यमा पित्तलको ढ्याक बिक्री

७ साउन सिरहा । लहान नगरपालिका–१ सिरहामा कार्यालय खोलेर एलोभेरा जुस बिक्री गर्दैआइरहेको ग्लोबल वेलनेस इन्टरनेसनल कम्पनीले पित्तलको जन्तरजस्तो देखिने ढ्याकलाई रेडिएसन विरुद्धको यन्त्र भनेर महँगो मूल्यमा बिक्री गरिरहेको खुलेको छ । कम्पनीले खटाएका सेल्सम्यानले उक्त यन्त्रले धेरै रोगको निदान गर्ने भन्दै सर्वसाधारणलाई झुक्याएर प्रतिगोटा १२ हजारमा बिक्री गरिरहेका छन् ।
कम्पनीले विभिन्न सहर–बजारमा हेल्थ अवेर्नेस सेमिनार भनेर मानिस जम्मा गर्ने र भारतीय नागरिकलाई ल्याएर आफ्नो उत्पादनबारे अभिमुखीकरण गर्ने गरेको पाइएको छ । यही साउन ६ गते शनिबार लहानको माडवाडी सेवा सदनमा आयोजित गोष्ठीमा करिब ३०० मानिस जम्मा भएका थिए । गोष्ठीमा डा. राम कछवाडा नामक भारतीय नागरिकले रेडिएसन विरुद्धको ढ्याकले रोग निदान गर्ने विधि र तरिका बताएका थिए ।
गोष्ठीमा सहभागी हुन आएकी गोविन्दपुर–७ मल्हनमाकी महिला स्वास्थ्य स्वयम्सेविका प्रभा आचार्य गर्मीका कारण अचेत भएपछि उनलाई कम्पनीका बिक्री ऐजेन्टले निधारमा रेडिएसन विरुद्धको यन्त्र राखेर उपचार गरी देखाएका थिए । बिक्री ऐजेन्ट मञ्जु महतो भन्छिन्–“यो यन्त्रलाई १२ हजार पर्छ । मोबाइललगायत विद्युतीय यन्त्रले शरीरमा भरेको रेडिएसनलाई खिचेर यो यन्त्रले धेरै रोग निको पार्छ ।”
रेडिएसन विरुद्धको यन्त्र भनिएको ढ्याकमा सानो चुम्बकको टुक्राबाहेक केही नभएको स्रोतको दाबी छ । गोलबजारस्थित श्रीराम हस्पिटलका डा. राकेश पाण्डे भन्छन –“रेडिएसन खिच्ने यन्त्र सामान्य होइन । एउटा सानो म्याग्नेटिक ढ्याकले शरीर भित्रको रेडिएसन खिच्ने कुरा हास्यास्पद हो ।”
कुनै पनि उपचार यन्त्र र औषधि उत्पादन गर्ने कम्पनीले त्यसको फर्मुलासहित बिक्री अनुमतिका लागि नेपाल सरकारमा निवेदन दिनुपर्ने हुन्छ । सरकारले त्यसको उपयोगिता जाँचेर बिक्री अनुमति दिएपछि मात्र सामान वा औषधि बिक्री गर्न पाइन्छ ।तर उक्त कम्पनीले अनुमति नलिई यन्त्र बिक्री गर्ने गरेको छ ।
ग्लोबल वेलनेस इन्टरनेसनलका अध्यक्ष रोहितचन्द्र चौधरीसँग प्रतिक्रिया माग्दा उनले भने–“यो क्वान्टम फिजिक्सको सिद्धान्तमा आधारितछ । तर हामीले यसलाई लन्च गरिसकेका छैनाँै । आजमात्र यसको नमुना प्रदर्शनी गरेका हौँ ।”

Saturday, July 21, 2012

विदेशमा ज्यान गुमाउँदै

दिलीप पौडेल, बाग्लुङ, साउन ५- करिब १७ लाख रुपैयाँ खर्चेर धन कमाउन अस्ट्रेलिया पुगेका बाग्लुङ नगरपालिका-२ का राजेश खड्काको यसै साता दुर्घटनामा मृत्यु भयो। कमाउन गएका आधार नै नरहेपछि श्रीमती पूजा र छोराको भविष्य अन्योलमा छ।
'कमाउन गएको भाइको अकल्पनीय ढंगले दुखद निधन भयो,' मृतकका दाजु अमरबहादुरले भने, 'बुहारीको भावी जीवन अप्ठ्यारोमा पर्यो ।' पतिको मृत्युपछि छोरालाई कसरी शिक्षादीक्षा दिने र आउँदा दिन कसरी बिताउने भन्ने चिन्तामा छिन् पूजा। शव ल्याउँदा धेरै खर्च लाग्ने भएपछि उतै दाहासंस्कार गर्न लगाएको अमरले बताए।
रोजगारका लागि बिदेसिएका युवाहरुले ज्यान गुमाउने क्रम बढेको छ। लाखौँ रुपैयाँ खर्चेर विदेश गएका आफन्तको मृत्युपछि परिवारको जीवन कष्टकर बनेको छ।
साउदी अरब पुगेको चार महिनामै जिल्लाको छिस्ती- ३रिठाबोटका २३ वर्षीय राजु क्षेत्रीको मृत्यु भएपछि उनका वृद्ध बाबुआमा बेसहारा भएका छन्। 'पैसा आउने बेलामा छोरा मरेको खबर आयो,' बाबु सकसबहादुरले भने, 'ऋण तिर्दा घरजग्गाको उठीबास हुने भयो।' कमाइ आउने समयमा छोराको शव कुरेर बसिरहेका छन् सकसबहादुर। साउदी अरबको इलेटि्रक कंक्रिट कम्पनीमा काम गर्ने क्षेत्रीको गत जेठ २८ गते मृत्यु भए पनि शव अझै यता ल्याउन सकिएको छैन। एक्लो छोरोको मृत्युपछि उनीहरुको हेरचाह गर्ने कोही छैन।
ऋणधन गरेर लाखौँ खर्चिएर विदेश पुगेका निम्नवर्गीय परिवारको युवाको मृत्युपछि ऋण तिर्न र परिवार चलाउन परिवारलाई हम्मे छ। सामान्य आर्थिक हैसियतमा अधिकांश नेपालीहरुको एकजनाको कमाइले परिवार धानिने गरेको छ। मुख्य मान्छेको मृत्युपछि विदेश जाँदा खर्चिएको ऋण तिर्न परिवारले घरजग्गा बेच्ने गरेका छन्। पतिको विदेशमा मृत्युपछि छिस्तीकी विष्णुमायाले जग्गा बेचेर विदेश जाँदाको ऋण तिरिन्। बाबुको मृत्युपछि छोराछोरीले स्कुल छाडेर अरुको भारी बोकेर पेट पाल्दै आएका छन्।
गत अक्टोबरमा बागलुङ गल्कोटका ३३ वर्षीय चन्द्र घर्तीमगरले जापान पुगेकै दुई महिनामा आफ्नो ज्यान गुमाए। बागलुङ मल्म-७ का हुलुवाका विष्णु (ललित) साहनीले जुलाईको पहिलो साता जापान टोकियोको साइतामाकेनमा आफू बस्दै आएको घरमा नै आत्महत्या गरे। दुर्घटनासँगै युवाहरुले विभिन्न कारणले आत्महत्या गर्ने घटना पनि बढेका छन्। कमाउन गएका युवाले सोचेअनुसारको आम्दानी नहुने, गएको ऋण तिर्न नसक्ने, परिवारले धेरै आम्दानीको अपेक्षा गर्ने भएकाले तनावमा आत्महत्या गर्ने गरेका छन्।
विदेशमा मृत्यु भएका नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक तीन-चार शव आउने गरेको वैदेशिक प्रवर्द्धन रोजगार बोर्डले जनाएको छ। कतिपयले यहाँ शव ल्याउन रकम लाग्ने भएपछि सम्बन्धित देशमा रहेका गैरआवासीय नेपाली सम्पर्क समितिसँग अनुरोध गरेरउतै अन्तिम संस्कार गराउँछन्। विभिन्न देशमा दुई वर्षको अवधिमा बाग्लुङका ३६ युवाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, बाग्लुङले जनाएको छ।
दुर्घटनामा मृत्यु हुँदा एक युवाको विदेशमा मृत्युपछि उसको परिवारमा न्यूनतम ३ देखि ५ लाख क्षति हुने प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डेले बताए। 'आफन्त गुमाउँदा परिवारमा पर्ने दीर्घकालीन क्षति रकमसँग तुलना गर्न मिल्दैन,' पाण्डेले भने, 'तत्काल तीनदेखि पाँच लाखसम्म नोक्सान भएको हुन्छ।'
युवाहरु पूर्व तयारी नअपनाई विदेश जाँदा भाषाको ज्ञानको अभाव, कारखानामा काम गर्दा सीप नहुँदा, सडक काट्दा, मानसिक यातनाले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ। एक युवा गुमाउँदा परिवार र राष्ट्रलाई समेत ठूलो क्षति पुग्ने बोर्डका निर्देशक टीका भण्डारीले बताए। 'मुलुकभित्रै पनि केही गर्न सक्ने युवा विदेशमा पुगेर ज्यान गुमाएका छन्,' भण्डारीले भने,'अधिकांशको मृत्यु आवश्यक सीप र भाषाका कारण हुने गरेको छ।'
प्रतिक्रियाहरू (0)

माओवादी वैठकमा प्रेम र यौनका गुनासा

६ साउन, काठमाण्डौ । बाहिरबाट झट्ट हेर्दा माओवादीको जारी विस्तारित वैठकमा राष्ट्रिय स्वाधिनता, सिद्धान्त, दर्शन र अबसरका कुरा भइरहेका छन र त्यसै कारण नेतृत्ववीच नै कुटाकुटको अबस्था आएको छ । तर, हलभित्रको माहौल प्रेम, यौन र जवानीका बिषयमा पनि केन्दि्रत छ ।
युद्धकालमा आदर्श र दर्शनका कुरा गर्दै अन्तरजातीय र अनमेलबिबाह गरेका माओवादी कार्यकर्ताको प्रेम शान्ति प्रकृया सुरु भएसँगैटुट्दो छ । स्वयं माओवादी अध्यक्ष प्रचण्डका छोराले तीनवटा बिबाह गरिसके । पूर्व सभासद् गुणखर बस्याल कान्छी लिएर भागे, धेरै आर्दश सम्बन्धहरुले बिच्छेदको सामना गर्नुपर्‍यो । माओवादी कार्यकर्ताका आर्दश सम्बन्ध कसरी भत्किंदै छन भन्ने उदाहरण पूर्व लडाकू कमाण्डर कमला नहर्की नै हुन् ।
नीति र सिद्धान्तका चर्का कुरा गरेर कार्यकर्ताहरु कुर्सी हानाहान गरिरहँदा उनले यसरी बह र आक्रोश पोखिन ।
हामी महिलाहरू हिजो चुलोचौको र घर परिवार त्यागेर जनयुद्धमा होमियौँ । जनयुद्धका क्रममा महिला नेता तथा कार्यकर्ताबाट जुन प्रकारको त्याग, तपस्या, बलिदान र उत्सर्गका कीर्तिमान कायम भए, त्यसबारे मैले यहाँ भन्न जरुरी छैन । नेता कमरेडहरु र हलमा सहभागी हामी सबै त्यसबारे जानकार छौँ । तर, जब पार्टी शान्तिप्रक्रियामा प्रवेश गर्‍यो तब महिला कार्यकर्ताहरू घर न घाटका भएका छन् । पार्टीलाई हामी महिला कार्यकर्ता जनयुद्ध वा संघर्षका बेलामा मात्र चाहिएको रहेछ । के नेताहरूलाई पार्टी खुला राजनीतिमा आएपछि महिला कार्यकर्ताको उपयोगिता सकिएको भन्ने लागेको हो ? यदि त्यसो हो भने हामीलाई प्रष्ट भनिदिनुस्, अझै पनि भ्रममा राख्ने प्रयास नगर्नुस् ।
लैंगिक समानता र समावेशीताका कुरा गरेर नथाक्ने हाम्रा नेताहरूको दिमागमा पुरुषवादी सामन्ती चिन्तन हावी भएको छ । पहिला तपाइँहरू त्यसबाट मुक्त हुनुस् । महिला कार्यकर्ताहरू अहिले स-साना बच्चासहित माइतमा गएर बस्न बाध्य छन् । हिजो अन्तरजातीय विवाह गरेका कतिपय महिला कार्यकर्तालाई न घर न माइतीले स्वीकार गर्छ । दुई लाख रकम दिएर शिविरबाट बाहिर निकालिएका महिलाहरू काखमा सानो बच्चा बोकेर कहाँ जाने ? घर जाउँ घरको ढोका बन्द, माइत जाऔँ माइती घरको ढोका बन्द । जीवनको महत्वपूर्ण समय जनयुद्धमा बिताएकी म अहिले फेरि माइतमै फर्किएकी छु । अन्य कयौँ साथीहरुको हविगत मेरोजस्तै छ । हिजो जनयुद्धमा बिहे गरेका पुरुषहरूले अहिले धमाधम दोस्रो बिहे गरेर श्रीमती र बालबच्चाको बिचल्ली पारेका छन् ।
त्यतिखेर हिरोइनजस्ती लाग्ने श्रीमती आज उसका लागि सबैभन्दा पत्रुजस्ती लाग्न थालेकी छ । अनि अर्को बिहे गरेको छ, बिहे नगर्नेले बाहिर ‘गर्ल प|mेन्ड’ राखेको छ । के हाम्रो पार्टीले छाडा संस्कृति र बहुविवाहलाई छुट दिएकै हो ? के हिजो गाउँघरमा बहुविवाह गर्ने जनतालाई कालोमोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएर हामीले गल्ती गरेका थियौँ ? त्यो गल्ती थियो भने जसजसमाथि त्यसो गरिएको थियो आज उनीहरुसँग माफी माग्नु पर्छ कि पर्दैन ? बटालियन सहायक कमाण्डर कमरेड सुनिलले घरमा दुईवटी बच्चाकी श्रीमती छाडेर अहिले अर्को बिहे गर्नुभएको छ । उहाँकी जेठी श्रीमतीलाई ‘प्यारालाइसिस’ भएको छ । श्रीमतीलाई गम्भीर रोग लाग्दा उसको उपचार र स्याहारसुसार गर्ने कि अर्की केटी लिएर रोमान्स गर्दै हिँड्ने? त्यस्तो मान्छे अहिले यही हलमा विस्तारित बैठकको प्रतिनिधिका रूपमा सहभागी हुनुभएको छ । मेरो नेता कमरेडहरूलाई चुनौती छ, के तपाइँहरू उहाँलाई तत्काल निलम्बन गरेर यो हलबाट बाहिर निकाल्न सक्नुहुन्छ ?
अर्को कुरा जनयुद्धमा हामीले सहिद परिवारको पुनर्विवाहलाई प्रोत्साहित गर्‍यौँ । हिजो स-गर्व सहिद पत्नीसँग बिहे गरेकाहरूले अहिले ‘सेकेण्ड ह्याण्ड’ भनेर किन महिलाहरूमाथि अपमान गर्ने काम गरिरहेका छन् । पुरुषचाहिँ जतिवटा बिहे गर्दा पनि ‘फस्ट हृयान्ड’ भइरहने अनि महिलाचाहिँ’सेकेण्ड ह्याण्ड’ हुने ? के यो कम्युनिष्ट पार्टीका कार्यकर्ताको आचरणअनुसारको व्यवहार हो ? पार्टीले यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्नु पर्छ कि पर्दैन ? मजनमुक्ति सेनामा काम गरेर आएकी हुँ ।
अहिले सेना समायोजनको नाममा अस्थायी शिविरहरूमानाटक भइरहेको छ । हिजो जनयुद्धमा लाग्दा ‘बुर्जुवा शिक्षा पढेर केही हुँदैन’ भन्दै युवाहरूलाई उक्साउनुभयो । शान्ति प्रक्रियामा आएपछि अध्यक्ष र उपाध्यक्ष एवम् हालका प्रधानमन्त्री कमरेडले हामीलाई भन्नु भयो, ‘तपाइँहरू चिन्ता नगर्नुस् हामी बुर्जुवा डिग्री खारेज गरेर नयाँ डिग्रीको प्रमाणपत्र दिन्छौँ ।’ अहिले शिविरमा ‘सर्टिफिकेट’का आधारमा भर्ती लिने काम भइरहेको छ, के तपाइँलाई यो कुरा थाहा छैन ? कहाँ पुग्यो कमरेड ‘डिग्री’ बाँड्ने तयारी ? हिजो समायोजनका प्राविधिक कुरामा सहमति नगरी ब्यारेकमा नेपाली सेना पठाउनुभयो । अहिले ब्यारेकमा नयाँ भर्तीको शैलीमा छनौटको काम भएको छ । शरीरको कपडा पुरै खोल्न लगाएर नाप्ने काम भइरहेको छ । हाम्रा साथीहरूलाई कट्टुसमेत खोल्न लगाएर ‘देखाउन मिल्ने र नमिल्ने’ सबै चिज देखाउन लगाइएको छ ।
के यही हो सम्मानजनक समायोजन ? यो समायोजन होइन, नयाँ भर्ती हो । जनयुद्धमा त्यत्रो ठूलो त्याग र तपश्या गरेर आएको जनमुक्ति सेनाको अपमान र विघटन हो । किन अझै पनि हामीलाई सम्मानजनक समायोजन हुने भ्रम दिएर आफ्नो व्यक्तिगत फाइदा र ‘बार्गेनिङ’ कालागि शिविरमा राखिरहनुभएको छ ? सेना समायोजनमा प्राविधिक कमजोरी भयो भानेर ढाँट्ने प्रयास नगर्नुस्, यसमा प्राविधिक होइन वैचारिक रुपमै कमजोरी भएको छ । सक्नुहुन्छ राजनीतिक सहमति गरेर समायोजनका सन्दर्भमा विगतमा भएको कमजोरी सच्याउनुस्, होइन भने कृपया सबैलाई एकमुष्ठ रकम दिएर स्वैच्छिक अवकाशमा आउने वातावरण बनाइदिनुस् ।
-कमला नहर्की, नवलपरासीको झयाल्टुङडाँडास्थित माओवादी लडाकुको चौथो डिभिजनअन्तर्गतकी बि्रग्रेड कमाण्डर एवम् चर्चित गोरखा जेल ब्रेकर हुन्

http://onlinekhabar.com/2012/07/183148.html)

साइनो लगाउँदै लुटपाट

६ साउन, काठमाण्डौं । बजारमा निस्किएका बेला अपरिचित व्यक्तिले तपाईसँग साइनो गाँस्दैछ भने होसियार रहनुस् । उसले तपाइको गहना र पैसा लुट्नका लागि साइनो गाँसेको हुनसक्छ । राजधानीमा आमा, बुबा, दाई, भाउजुजस्ता साइनो लगाएरगहना र पैसा लुटेर भाग्ने गिरोह सक्रिय भएको छ ।
प्रहरीका अनुसार राजधानीमा विगत केही दिनयता आफन्तको साइनो लगाउँदै सातवटा लुटपाटका घटना भएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । शुक्रबार दिउँसो टुकुचा तरकारी बजार अगाडी हिड्दै गरेकी रामप्यारी श्रेष्ठसँग अपरिचित व्यक्तिले ‘आमा कता जान लाग्नुभयो’ भन्दै कुरा गर्न थाल्यो । अपरिचित व्यक्तिले आफन्तले जस्तै आत्मिय रुपमा बोलेको देखेर रामप्यारी पनि उनीसँग बोल्न व्यस्त भईन । सोही मौकामा ति अपरिचित व्यक्तिले लठ्याउने औषधि सुँघाएर बेहोसबनाई आधा तोलाको सुनको मुन्द्रा र दुइहजार रुपैयाँ लुटेर भागेको छ । सिनामंगलमा बिहीबार एक महिलाको गहना लुटियो भने असार २९ गते पनि एक बृद्धा लुटिएकी छन् ।
यस्ता घटनाका उजुरी दिनप्रतिदिन आईरहेकाले यस्ता घटना रोक्न सर्वसाधारण नै सचेत हुनुपर्ने महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रबक्ता डीएसपी धीरजप्रताप सिंहले अपरिचित व्यक्तिले राम्रो साइनो लगाएको सून्दैमा उसको पछि नलाग्न पनि आग्रह गर्नुभएको छ ।

सिनेमा घरमा आक्रमण, १४ को मृत्यु

अमेरिकाको कोलोराडो स्थित एक चलचित्र घरमा आक्रमण हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ । एक फिल्मको पि्रमियर शो भैरहेका बेला बन्दुकधारीलेअन्धाधुन्ध गोली प्रहार गर्दा अरु ५० जना गम्भीर घाइते भएका छन् ।
ब्याटम्यान सिरिजको नयाँ फिल्म द डार्क नाइट राइजेजको पि्रमियरका क्रममा उक्त घटना भएको हो । प्रहरीले घटनामा संलग्न एक व्यक्तिलाई गिरफ्तारगरेको जनाएको छ । रातको समयमा खचाखच दर्शकबीच पि्रमियर शो सुरु भएको झण्डै १५ मिनेट पछि गोलाबारी सुरु भएको थियो । गोलाबारीपछि त्यहाँ भागदौड भएको थियो ।
दर्शकहरुले गोलाबारीको आवाज सुन्दा सुरुमा आफुहरुलाई फिल्मको कुनै विशेष इफेक्ट जस्तो लागेको र पछि मान्छे ढल्न थालेपछि र भागदौड हुन थालेपछि मात्र आक्रमण भएको थाहा भएको बताए । स्थानीय मिडियाहरुका अनुसार दुइ जना बन्दुकधारीले अनियन्त्रित रुपमा गोलाबारी गरेका थिए । उनीहरुले त्यहाँ केही विस्फोटक पदार्थ समेत पड्काएको बताइएको छ । आक्रमणकारीहरुले मुखमा मास्क लगाएर आएका थिए । प्रहरीले आक्रमणकारीले छाडेको कारबाट मास्क, बन्दुक तथा ह्याण्डगन बरामद गरेको छ ।

Friday, July 20, 2012

माओवादी बैठकमा प्रचण्ड र बाबुराममाथि नै आक्रमण

५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टरामाथि नै आक्रमण भएको छ ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समहूतगत छलफलको रिपोर्टिङ गर्ने क्रममा भोजपुराराज्य समितिको तर्फबाट को बोल्ने भन्नबारे सुरु भएको विवादले उग्ररुप लिएपछि प्रचण्ड र बाबुराम पक्ष एक-अर्का पक्षका शीर्ष नेताहरुमाथि नै जाइलागेका हुन् ।
विवाद बढ्दै गएपछि प्रचण्डका विश्वासपात्र पोलिटव्युरो सदस्य प्रभाकर बैठक स्थलबाट बाहिरिन खोजेका उपाध्यक्ष भट्टराईमाथि जाइलागेका थिए । उनले भट्टराईलाई कठालो समाउने प्रयास गरेका थिए । आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोसित भट्टराई पक्षीय एक कार्यकर्ताले पार्टी अध्यक्षमाथि नै कुर्सी प्रहार गरे । बैठकमा सहभागी एक नेताका अनुसार कार्यकर्ताले हानेको कुर्सी प्रचण्डको ढाडमा लागेको थियो । प्रचार प्रसार उपसमिति संयोजक बिश्वभक्त दुलालले अनलाइनखबरसँग भन्नुभयो- ‘सामान्य बिषयमा सुरु भएको बिबाद, तानातान र हानाहानको स्थीतिमा पुगेको हो ।’
कसरी बढ्यो तनाव ?
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरुभयो । बैठक सुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षकोप्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्नेबित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने भन्दै हुटिङ गरे ।
भट्टराई पक्षकाले भने साहले बोल्नथालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने बताए । तर, प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरेकी थिईन् ।
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले विरोध जनाए । बोल्नै नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकरको पारो तात्यो । ‘गुटबन्दी गर्ने तिमी नै हौ’ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरुले छेकेका कारण प्रभाकरको हात बाबुराममाथि पर्न पाएन । उनीहरुले नछेकेको भए बाबुरामले पिटाई खाने बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए । तनाव बढेपछि प्रभाकरलाई झ्याईकुटी पार्दै स्वयंसेवक वाईसिएलले उनलाई मञ्चबाट तल झारेका थिए ।
उपाध्यक्षमाथि नै हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षधरका नेताहरुले चर्को बिरोध र हुटिङ गरे । त्यो बेला अध्यक्ष प्रचण्डले ‘हैन मिलाऔं, शान्त रहनोस्’ भन्दै थिए । तर, हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर कार्यकर्ता पनि प्रतिवादमा उत्रिए । बझाङका एक प्रतिनिधिले पार्टी अध्यक्ष प्रचण्डमाथि कुर्सी प्रहार गरे । त्यसपछि बाहिरिने क्रममा प्रचण्ड पक्षमा पूर्व लडाकूहरुले हतियार बुझाएको तथा भारतसँग विप्पा सम्झौता गरेको भन्दै बाबुरामलाई घेर्न खोजेका थिए । कार्यकर्ताबाट नै नेताहरु असुरक्षित रहेको थाहा पाएपछि प्रहरी र बाईसीएलले हस्तक्षेप गरेर शीर्ष नेताहरुलाई ‘रेस्क्यू’ गर्नु परेको स्रोतको भनाई छ ।
पोलिटब्युरोमा कसरी मिल्यो ?
सुरक्षाकर्मीको स्कर्टिङको सहरा लिएर बैठकस्थलबाट बाहिरिएका नेताहरु छेवैमा रहेको नेपाल पर्यटन बोर्डको सभाकक्षमा भेला भए । त्यही पोलिटब्युरो वैठक बस्यो । वैठक हलभित्रको अबस्था देखेर जिल खाएका अध्यक्ष प्रचण्डले सुरुमै नेताहरुलाई थामथुम पार्न खोजे । ‘दस्तावेजमा भट्टराईजी र मबीच कुनै असहमति छैन, दुवै जना सल्लाह गरेरै डकुमेन्ट ल्याएका हौं’- प्रचण्डको भनाई उदृत गर्दै एक पोलिटब्युरो सदस्यले अनलाइनखबरसँग भने-’तपाईहरु धेरै जान्ने हुनुपर्दैन, हामीवीच कुनै असहति छैन, चुप लागेर वस्नुस् ।’ प्रचण्डले यसो भनेपछि पहिले हात हालाहालको अबस्थामा पुगेका प्रभाकर र देवेन्द्रपौडेलहरु पनि चुप लागेका थिए ।
प्रचण्डले नै लागेका बिषयमा सवैले बोल्न पाउँछन, अरुलाई पनि बोल्न दिउँ भन्दै प्रस्ताव राखेपछि वैठक सहमतिमा टुंगिएको थियो । त्यसपछि सुचारु भएको वैठकमा असन्तुष्ट भट्टराई र श्रेष्ठ पक्षका कार्यकर्ताले आ-आफनो मत राखे ।

अबैध सम्वन्ध राख्ने डाक्टर र नर्स रंगेहात पक्राउ

५ साउन, विराटनगर । झापामा कार्यरत एक चिकित्सक र एक नर्सलाई समागम गर्दै गर्दा आपत्तिजनक स्थितिमा विराटनगर-३ मुनालपथस्थित डेराबाट प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत ३५ वर्षीय स्त्री रोग विशेषज्ञ डा. सरोज राई तथा त्यही काम गर्ने २३ वर्षीया नर्स नीरा तामाङलाई स्थानीय जनताको सहयोगमा समातिएको हो । डा. राई तथानर्सबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको बताइन्छ ।
चिकित्सक राईको एक छोरा र श्रीमती छन् । नर्स तामाङको दुई वर्ष अगाडि विवाह भएको र पति अष्ट्रेलियामा रहेको थाहाभएको छ । र

प्रचण्डलाई कुर्सी हान्ने अस्पतालमा

५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको जारी विस्तारित बैठकमा दुई पक्षबीच तनाव हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कुर्सी प्रहार भएको छ । पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि प्रचण्डपक्षधरका जनार्दन शर्भा प्रभाकरले हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षका कार्यकर्ताले प्रचण्डलाई कुर्सीले हिर्काएका हुन् ।
प्रत्यक्षदर्शी एक नेताका अनुसार प्रभाकर र लोकेन्द्र विष्ट मगरले भट्टराईलाई समातेर मञ्चबाट नउठ्न दबाब दिएका थिए । पहिले कुट्न खोज्ने र पछि समातेरै अंठ्याएको भन्दै भट्टराई पक्षधर नेताहरु आक्रोशित भए । बैठक स्थगित भनेर नेताहरु बाहिरिन लाग्दा बझाङतिरका भट्टराई पक्षका एक प्रतिनिधिले प्रचण्डलाई पछाडिबाट कुर्सीले बजाए । प्रचण्डको ढाडमा कुर्सीले लागेको प्रत्यक्षदर्शी ती नेताको भनाई छ ।
अध्यक्षमाथि कुर्सी हान्नेलाई वाईसीएलका कार्यकर्ताले कुटपीट र लछारपछार गरेका थिए । वाईसीएलको कुटाईबाट घाइते भएका उनलाई एम्बुलेन्समा हालेर उपचारको लागि अस्पताल लगिएको छ ।
नेतामाथि हातपातको प्रयास भएपछि कार्यकर्ताहरुबीच कुर्सी र हात हालाहाल भएको थियो । हूलमूलमा कसले कसलाई हिर्कायो, पत्तो नभएको ती नेताले अनलाइनखबरलाई बताए । अहिले स्थिति साम्य भएपनि बैठकमा भाग लिन गएका प्रतिनिधि रनभूल्लमा परेका छन् ।

बाबुराममाथि प्रभाकर जाईलागे

५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि हातपातको प्रयास भएको छ । भोजपुरा राज्य समितिको तर्फबाट रिपोर्टिङ गर्ने क्रममा विवाद बढ्दै जाँदा भट्टराईलाई प्रचण्ड पक्षका नेता जनार्दन शर्मा प्रभाकरले हातपातको प्रयास गरेका हुन् ।
प्रधानमन्त्री एवं पार्टी उपाध्यक्षमाथि नै हातपातको प्रयास भएको भन्दै भट्टराई पक्षधरले बैठक बहिष्कार गरेको छ । तनावका कारण बैठक आधाअण्टाको लागि स्थगित भनिएपनि बैठक बस्ने नबस्ने अनिनिश्चित भएको छ । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष भट्टराई लगायतका शीर्ष नेताहरु अहिलेछलफलमा व्यस्त छन् ।
कसरी बढ्यो तनाव ?
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरु भयो । बैठक शुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षकोप्रतिवेदनमाथि बोल्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्ने बित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले हुटिङ गरे । साहले नभएर आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने उनीहरुको माग थियो । साहले बोल्न थालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने भट्टराई पक्षकाले भने । तर प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरिकी थिईन् ।
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले असन्तुष्टी जनाए । बोल्नै नपाउने यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकर रिसाउँदै उठे । गुटबन्दी गर्ने तिमी नै हौ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरुले छेकेका कारण प्रभाकरको हात बाबुराममाथि पर्न पाएन । उनीहरुले नछेकेको भए बाबुरामले पिटाई खाने बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।
प्रधानमन्त्रीमाथि नै हातपात गर्न खोजेको भन्दैभट्टराई पक्षधरका नेताहरुले चर्को बिरोध र हुटिंग गरे । त्योबेला अध्यक्ष प्रचण्डले हैन मिलाऔं, शान्त रहनोस् भन्दै थिए । तर हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर पनि चुप लागेर बसेनन् । उनीहरुले पनि प्रचण्डमाथि कुर्सी बर्साए । तर बाबुरामलाई जनार्दनको हात नलागेजस्तै प्रचण्डलाई पनि कुर्सीले लागेन । दुवै पक्षबाट हुटिङ र होहल्ला बढेपछि बैठक स्थगित भएको उद्घोषक रहेका पोष्टबहादुर बोगटीलेघोषणा गरे । त्यसपछि नेताहरु बाहिरन खोज्दै गर्दा गुटबन्दी गरेको भन्दै केही प्रतिनिधिले प्रचण्ड, भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाश, कृष्णबहादुर महरा लगायतका नेताहरुलाई थुन्ने प्रयास गरे ।
कार्यकर्ताबाट नै नेताहरु असुरक्षित रहेको थाहाभएपछि प्रहरीले नै हस्तक्षेप गरेर शीर्ष नेताहरुलाई ‘रेस्क्यू’ गर्न परेको स्रोतको भनाई छ । अहिले शीर्ष नेताहरु विवाद मिलाउन भन्दै पर्यटन बोर्डको हलमा छलफल गरिरहेका छन् । अहिले पर्यटन बोर्डमा सुरक्षा व्यवस्था कडा पारिएको छ । उद्घाटनको दिन शीर्ष नेताहरुले पार्टीभित्रकोगुटबन्दी अन्त्य गर्ने प्रतिबद्धता जनाएपनि व्यवहारमा त्यो उल्टो सावित भएको छ । यसअघि पार्टीभित्र लडाकूका पूर्व कमाण्डरले आर्थिक अनियमितता गरेको भनेर होहल्ला भएपछि अवरुद्ध भएको बैठक अहिले गुटबन्दीका कारण अवरुद्ध भएको छ