Friday, August 31, 2012

'वर्तमान संकट समाधान नभए दलहरू रहँदैनन्'

१५ भदौ, भैरहवा । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले
सहमतिको आधारबाट मुलुकलाई सबैभन्दा पहिले निकास दिनुपर्ने बताएका छन् ।
फोरम नेपाल रूपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै
यादवले मुलुक रहेमात्र राजनीतिक दल रहने भन्दै मुलुक राजनैतिक, आर्थिक,
संवैधानीक संकटमा फसेकाले पहिले मुलुकलाई निकासको बाटो दिनु पर्ने बताएका
हुन् । संविधान निर्माण, निर्वाचन, राजनैीतिक निकास र अन्योलपूर्ण
वातावरण हटाउनका लागी पनि दलहरू बिच सहमति आवस्यक भएको उनले बताए ।
अध्यादेशबाट आएको बजेट सकिन लागीसकेको अवस्थामामुलुकमा ब्याप्त अस्थीर
अवस्थाले मुलुक आर्थिक संकटमा फस्ने बताउदै सहमतिका आधारमा छिटो निकास
दिनुपर्ने बताएका छन् । ९० प्रतिशत संविधान बनिसकेको बताउँदै अध्यक्ष
यादवले बाँकी १० प्रतिशतका लागी संविधानसभाको निर्वाचन आवस्यक नरहेको
बताए ।
संसदको निर्वाचनबाट पनि संविधानसभाको काम गर्न सकिने भएकाले संसदको
निर्वाचनबाट पनि संविधान बनाउन सकिने धारणा राखेका छन् । संविधानसभाको
निवार्चन र लगतै संसदको निर्वाचन गर्न मुलुकले आर्थिक रूपमा नसक्ने
यादवले बताए ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete