Friday, July 20, 2012

माओवादी बैठकमा प्रचण्ड र बाबुराममाथि नै आक्रमण

५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टरामाथि नै आक्रमण भएको छ ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समहूतगत छलफलको रिपोर्टिङ गर्ने क्रममा भोजपुराराज्य समितिको तर्फबाट को बोल्ने भन्नबारे सुरु भएको विवादले उग्ररुप लिएपछि प्रचण्ड र बाबुराम पक्ष एक-अर्का पक्षका शीर्ष नेताहरुमाथि नै जाइलागेका हुन् ।
विवाद बढ्दै गएपछि प्रचण्डका विश्वासपात्र पोलिटव्युरो सदस्य प्रभाकर बैठक स्थलबाट बाहिरिन खोजेका उपाध्यक्ष भट्टराईमाथि जाइलागेका थिए । उनले भट्टराईलाई कठालो समाउने प्रयास गरेका थिए । आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोसित भट्टराई पक्षीय एक कार्यकर्ताले पार्टी अध्यक्षमाथि नै कुर्सी प्रहार गरे । बैठकमा सहभागी एक नेताका अनुसार कार्यकर्ताले हानेको कुर्सी प्रचण्डको ढाडमा लागेको थियो । प्रचार प्रसार उपसमिति संयोजक बिश्वभक्त दुलालले अनलाइनखबरसँग भन्नुभयो- ‘सामान्य बिषयमा सुरु भएको बिबाद, तानातान र हानाहानको स्थीतिमा पुगेको हो ।’
कसरी बढ्यो तनाव ?
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरुभयो । बैठक सुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षकोप्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्नेबित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने भन्दै हुटिङ गरे ।
भट्टराई पक्षकाले भने साहले बोल्नथालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने बताए । तर, प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरेकी थिईन् ।
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले विरोध जनाए । बोल्नै नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकरको पारो तात्यो । ‘गुटबन्दी गर्ने तिमी नै हौ’ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरुले छेकेका कारण प्रभाकरको हात बाबुराममाथि पर्न पाएन । उनीहरुले नछेकेको भए बाबुरामले पिटाई खाने बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए । तनाव बढेपछि प्रभाकरलाई झ्याईकुटी पार्दै स्वयंसेवक वाईसिएलले उनलाई मञ्चबाट तल झारेका थिए ।
उपाध्यक्षमाथि नै हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षधरका नेताहरुले चर्को बिरोध र हुटिङ गरे । त्यो बेला अध्यक्ष प्रचण्डले ‘हैन मिलाऔं, शान्त रहनोस्’ भन्दै थिए । तर, हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर कार्यकर्ता पनि प्रतिवादमा उत्रिए । बझाङका एक प्रतिनिधिले पार्टी अध्यक्ष प्रचण्डमाथि कुर्सी प्रहार गरे । त्यसपछि बाहिरिने क्रममा प्रचण्ड पक्षमा पूर्व लडाकूहरुले हतियार बुझाएको तथा भारतसँग विप्पा सम्झौता गरेको भन्दै बाबुरामलाई घेर्न खोजेका थिए । कार्यकर्ताबाट नै नेताहरु असुरक्षित रहेको थाहा पाएपछि प्रहरी र बाईसीएलले हस्तक्षेप गरेर शीर्ष नेताहरुलाई ‘रेस्क्यू’ गर्नु परेको स्रोतको भनाई छ ।
पोलिटब्युरोमा कसरी मिल्यो ?
सुरक्षाकर्मीको स्कर्टिङको सहरा लिएर बैठकस्थलबाट बाहिरिएका नेताहरु छेवैमा रहेको नेपाल पर्यटन बोर्डको सभाकक्षमा भेला भए । त्यही पोलिटब्युरो वैठक बस्यो । वैठक हलभित्रको अबस्था देखेर जिल खाएका अध्यक्ष प्रचण्डले सुरुमै नेताहरुलाई थामथुम पार्न खोजे । ‘दस्तावेजमा भट्टराईजी र मबीच कुनै असहमति छैन, दुवै जना सल्लाह गरेरै डकुमेन्ट ल्याएका हौं’- प्रचण्डको भनाई उदृत गर्दै एक पोलिटब्युरो सदस्यले अनलाइनखबरसँग भने-’तपाईहरु धेरै जान्ने हुनुपर्दैन, हामीवीच कुनै असहति छैन, चुप लागेर वस्नुस् ।’ प्रचण्डले यसो भनेपछि पहिले हात हालाहालको अबस्थामा पुगेका प्रभाकर र देवेन्द्रपौडेलहरु पनि चुप लागेका थिए ।
प्रचण्डले नै लागेका बिषयमा सवैले बोल्न पाउँछन, अरुलाई पनि बोल्न दिउँ भन्दै प्रस्ताव राखेपछि वैठक सहमतिमा टुंगिएको थियो । त्यसपछि सुचारु भएको वैठकमा असन्तुष्ट भट्टराई र श्रेष्ठ पक्षका कार्यकर्ताले आ-आफनो मत राखे ।

No comments:

Post a Comment