Friday, August 31, 2012

अष्ट्रेलिया सरकारको मन्त्रीस्तरीय सल्लाहकारमा नेपाली

१५ भदौ, सिड्नी । अष्ट्रेलियाको आप्रवास तथा बहुसाँस्कृतिक मन्त्रालयको
सल्लाहकारमा नेपाली समुदायका महेन्द्र लम्साल मनोनित भएका छन् ।
एनआरएनको सातौँ क्षेत्रिय सम्मेलनलाई सम्वोधन गर्दै संघिय आप्रवास
सम्वन्धि मन्त्री क्रिस बावेनले उक्त जानकरी दिएका थिए । यहाँको संघिय
सरकार अन्तर्गतका यि दुई मन्त्रालयका मन्त्रीहरुलाई नेपाली प्रतिनिधि
लम्सालले आप्रवास तथा बहुसंस्कृतिबारे नीति बनाउन सल्लाहर सुझाव दिने
बताईएको छ । साथै अष्ट्रेलियाको प्रधानमन्त्रीले पनि समुदायका मुद्दामा
नेपाली प्रतिनिधिसँग सल्लाह लिने बताईएको छ ।
अष्ट्रेलियामा छोटो समयमा नेपाली समुदायले धेरैप्रगति गरेको भन्दै
मन्त्री बावेनले दक्षिण एसियाली देशहरु मध्ये नेपालबाट पनि
सल्लाहकारमाप्रतिनिधित्व गराईएको बताए । दक्षिण एसियाका अरु देशवाट यो
समितिमा प्रतिनिधित्व भएपनि नेपाली समुदायबाट अष्ट्रेलियाको केन्दि्रय
तहमा प्रतिनिधित्व भएको यो पहिलोपटक हो । लामो समयदेखि सिड्नीमा बस्दै
आएका लम्साल ट्राभल तथा संचार ब्यवसायमा सक्रिय छन ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete