Saturday, July 21, 2012

सिनेमा घरमा आक्रमण, १४ को मृत्यु

अमेरिकाको कोलोराडो स्थित एक चलचित्र घरमा आक्रमण हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ । एक फिल्मको पि्रमियर शो भैरहेका बेला बन्दुकधारीलेअन्धाधुन्ध गोली प्रहार गर्दा अरु ५० जना गम्भीर घाइते भएका छन् ।
ब्याटम्यान सिरिजको नयाँ फिल्म द डार्क नाइट राइजेजको पि्रमियरका क्रममा उक्त घटना भएको हो । प्रहरीले घटनामा संलग्न एक व्यक्तिलाई गिरफ्तारगरेको जनाएको छ । रातको समयमा खचाखच दर्शकबीच पि्रमियर शो सुरु भएको झण्डै १५ मिनेट पछि गोलाबारी सुरु भएको थियो । गोलाबारीपछि त्यहाँ भागदौड भएको थियो ।
दर्शकहरुले गोलाबारीको आवाज सुन्दा सुरुमा आफुहरुलाई फिल्मको कुनै विशेष इफेक्ट जस्तो लागेको र पछि मान्छे ढल्न थालेपछि र भागदौड हुन थालेपछि मात्र आक्रमण भएको थाहा भएको बताए । स्थानीय मिडियाहरुका अनुसार दुइ जना बन्दुकधारीले अनियन्त्रित रुपमा गोलाबारी गरेका थिए । उनीहरुले त्यहाँ केही विस्फोटक पदार्थ समेत पड्काएको बताइएको छ । आक्रमणकारीहरुले मुखमा मास्क लगाएर आएका थिए । प्रहरीले आक्रमणकारीले छाडेको कारबाट मास्क, बन्दुक तथा ह्याण्डगन बरामद गरेको छ ।

No comments:

Post a Comment