Tuesday, October 8, 2013

भ्रष्टचारको मुद्दामा जेलजीवन विताइरहेका खुमबहादुरलाई भेट्न १ लाख २३ हजार जेल

२२ असोज, काठमाण्डौं । भ्रष्टाचारमा सजाय पाएर डिल्लीबजार सदरखोरमा १४
महिना समय बिताउँदा कांग्रेस नेता खुमबहादुर खड्कालाई भेट्न जेल पुग्नेको
संख्या निकै बढेको पाइएको छ । खड्का भेट्न सोमबारसम्म १ लाख २३ हजार
व्यक्ति डिल्लीबजार कारागार पुगेका हुन् । खड्कालाई नियमित जेलमा भेटघाट
गर्ने प्रबन्ध मिलाउँदै आएका मोरङ कांग्रेस नेता रमेशजंग रायामाझीका
अनुसार सोमबारसम्म पार्टी सभापतिदेखि सर्वसाधाणसम्म गरी सो संख्यामा
भेटघाटका लागि आएका हुन् । उम्मेदवारको विषयमा पार्टीभित्र विवाद बढेपछि
गत साता कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर
देउवासमेत डिल्लीबजार कारागारमै पुगेर खड्कालाई भेटेका थिए । खड्कालाई
भेट्न नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका वरिष्ठ
अधिकारीहरूसमेत पटकपटक पुगेको देखिएको छ ।
यस्तै, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी पनि उनलाई भेट्न जेल पुगेका छन्
। सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भई जेल गएका खड्का बुधबार (भोलि)
तोकिएको सजाय काटेर जेलमुक्त हुँदै छन् । खड्का जेलमुक्त हुँदा
समर्थकहरूले काठमाडौंमा उनको स्वागतका लागि शक्ति प्रदर्शन गर्ने योजना
बनाएका छन् । कांग्रेस नेता रायमाझीले शुभचिन्तक र पार्टी कार्यकर्ताको
आग्रहबमोजिम नै खड्का जेलमुक्त भएलगत्तै देशदौडाहामा निस्कने जानकारी पनि
दिए । आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचनमा कांग्रेसका
उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्दै खड्काले देशदौडाहा गर्न लागेका
राजधानी दैनिकमा खबर छ ।
जेलमुक्त भएलगत्तै खड्काले २ सय ४० ओटै निर्वाचन क्षेत्रमा गएर
कांग्रेसका उम्मेदवारलाई भेट गरी निर्वाचन जिताउन सशक्त भूमिका निर्वाह
गर्ने योजना रहेको मोरङ ८ का कांग्रेस उम्मेदवारसमेत रहेका रायामाझीले
राजधानीलाई बताए । खड्का जेलबाट रिहा हुने समय नेपालीहरूको महान् चाड
दसैं र संविधानसभा निर्वाचन संघारमा रहेकाले भनेजति कांग्रेस कार्यकर्ता
उनको स्वागतका लागि काठमाडौं आउन नसक्ने रायामाझीले जनाए । तथापि, २०औं
हजारले खड्कालाई स्वागत गर्ने उनको दाबी थियो ।
खड्काको रिहाइलगत्तै आयोजना गरिने प्रदर्शन र स्वागतको सम्पूर्ण
व्यवस्थापनको जिम्मेवारी भने मास्टर माइन्ड डन भनेर चिनिएका महेश
श्रेष्ठलाई दिइएको छ । उनले खड्काको रिहालगत्तै हुने स्वागत कार्यक्रमका
लागि राजधानी आएका कार्यकर्ताका लागि ४ हजार ५ सय टोपी (क्याप) र २ हजार
टिसर्ट तयार पारेका छन् । कारागारमा आइतबार आफूनिकटकासँग भएको गोप्य
छलफलमा खड्का छुटेलगत्तै आयोजना गरिने सभा र र्यालीलाई व्यवस्थित तथा
मर्यादित बनाउने निष्कर्ष निकालिएको थियो । गोप्य बैठकमा सहभागी भएका
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य युवराज खड्काका अनुसार रिहाइमा
तडकभडक नगर्न निर्देशन दिइएको छ ।
रिहाइपछि र्यालीको आयोजना गरिने भएपछि उनको गृह जिल्ला दाङबाट पार्टी
सभापति घनश्याम रेग्मीसहित कांग्रेसका कार्यकर्ता काठमाडौं आउने भएका छन्
। दाङबाट करिब ४० ओटा बसमा २ हजार बढी कार्यकर्ता मंगलबार राजधानी आउँदै
छन् । नेपाली कांग्रेस दाङले खड्काको रिहाइका बेला र्यालीमा सहभागी बन्न
औपचारिक रूपमै आग्रह गरेर कार्यकर्ता जम्मा पारेको छ । पार्टी सभापति
रेग्मीले जिल्लाबाट करीब ५ हजार कार्यकर्ता काठमाडौं आउन लागेको बताए ।
उनका अनुसार जिल्लाबाट सयको हाराहारीमा निजी गाडीमा पनि कार्यकर्ताहरू
आउँदै छन् । जिल्लाबाट आउने प्रत्येकले रूख चिह्न अंकित टिसर्ट र टोपी
लगाउँदै छन् ।
जिल्लाबाट आउनेहरूका लागि जिल्लाका विभिन्न संघ÷संस्थाहरूले टिसर्ट,
ब्यानर र टोपी बनाएका छन् । कार्यकर्ता ल्याउन राप्ती बस व्यावसायी
समितिले मात्रै २४ ओटा बस उपलब्ध गराएको समितिका अध्यक्ष जितेन्द्र शाहले
बताए । उनको र्यालीमा जाने कार्यकर्ताको खानपिनका लागि १ लाख रुपैयाँ
चन्दा दिएका छन् भने समितिका २८ जना सदस्यलाई स्वैच्छिक सहयोग उपलब्ध
गराउन निर्देशन दिएका छन् । खड्का रिहाइ हुँदा गरिने र्यालीका लागि
विभिन्न जिल्लाका सभापतिसमेत काठमाडौं आउने भएका छन् ।
त्यसका लागि सिन्धुपाल्चोक, काभ्रे, तनहुँ, कास्की, स्याङ्जा, बाँके,
बर्दिया, रुकुम, सुर्खेतलगायतका जिल्लाबाट समेत कार्यकर्ता शक्ति
प्रदर्शनका लागि ल्याइँदै छ । कतिपय जिल्लाबाट भने कार्यकर्ता आउने क्रम
बढेको बताइन्छ । स्रोतका अनुसार आइतबारको बैठकले खड्काले बुधबार
डिल्लीबजार कारागारको प्रांगणमै कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम
तय गरिएको छ ।
खड्का जेलमुक्त भएपछि पुतलीसडक, त्रिपुरेश्वर, कालीमाटी, कुलेश्वर, बल्खु
हुँदै सानेपास्थित नेपाली कांग्रेसको कार्यालय पुगेर सभामा परिणत हुने
कार्यक्रम बनाइएको छ ।

No comments:

Post a Comment