Monday, October 7, 2013

दसैंमा खसीको हुलमा बाख्रा

२१ असोज, काठमाण्डौं । दसैंका लागि दैनिक भित्र्याइएका खसीबोकाको हुलमा
बाख्रासमेत मिसाइएको पाइएको छ । कानुनअनुसार मासु खानका लागि बाख्रा
बेच्न पाइँदैन । तर व्यापारीले भने दसैंको हुलमुलको फाइदा उठाइरहेका छन्
। खसीबोकाको मासुमा बाख्राको मासुसमेत मिसाएर बिक्री गर्न बाख्रा
भित्र्याएको अनुमान गरिएको छ । खसीबोकाको स्वास्थ्य परीक्षण गर्न खटिएको
महानगरपालिकाको टोलीले खसीबोकाको हुलमा बाख्रा फेला पारेको नागरिक
दैनिकमा खबर छ । तर टोलीले त्यस्ता व्यापारीलाई कारबाही गर्नुको सट्टा
बाख्राको स्वास्थ्य परीक्षण गरी स्वस्थ भएको प्रमाण दिएको छ ।
दसैंलाई च्याख्ला जोहो
सहरबजारमा दसैंको चर्को किनमेल चलिरहँदा चेपाङ गाउँमा भने दसैंका लागि
मकैंको च्याख्लाको जोहो गरिँदैछ । वषर्ामासमा मात्र अन्न हुने भएकाले
चेपाङहरु ६ महिला सहकाल र ६ महिला अनिकालमा बाँच्दै आएका छन् । सहकाल
सकिँदै गर्दा आएको दसंैले उनीहल्ार्य अनिकालको निम्तो दिने गर्दछ ।
काउलो हात्तीवाङकी हस्तमाया चेपाङ हिजो आज चार सन्तान र सासू-ससुरासहित
आठजनाको परिवारलाई च्याख्ला बनाउन व्यस्त बनेकी छन् । दसैंमा चामलको भात
खुवाउनु चेपाङका लागि अझै सपना जस्तै बन्ने गरेको छ ।

No comments:

Post a Comment