७ असार, काठमाण्डौं । नेपाली मूलका नयाँ पुस्ताले बिश्व ग्लामर तथा फेसन
बजारमा एकपछि अर्को गर्दै उच्चस्थान बनाउन थालेका छन् ।
हालै एक नेपाली युवतीले बिश्वका उत्कृष्ट १ सय फ्यान्टासी महिलाको सूचीमा
आफ्नो नाम लेखाउन सफल भएकी छिन् । काठमाण्डौमा जन्मिएर नर्वेलाई कर्मथलो
बनाइरहेकी अमृता आचार्यले सूचीको९४ औं स्थानामा परेकी छिन् ।
हलिउड, बलिउडमा नाम कहलिएका सेलिब्रीटीको गतिबिधि प्रकाशित हुने
बहुराष्ट्रिय पत्रिका 'पिपुल'ले हालै प्रकाशन गरेको सूचीमा अमृता पनि
रहेको शुक्रबार प्रकाशित साप्ताहिकले छापेको छ ।
एचवीओ च्यानलबाट प्रसारित हुने लोकपि्रय धारावाहिक 'गेम अफ थ्रोन्स' तथा
'द डेभिल्ड्स डवल'की मुख्य अभिनेत्री अमृताको थर भने आचारिया लेखिएको छ ।
विकिपेडियामा उनी नेपाली बाबु र युक्रेनी आमाको सन्तान भएको उल्लेख छ ।
काठमाण्डौमा जन्मे, हुर्केकी उनी युक्रेन, नर्वे र बेलायतमा युवा अबस्था
बिताएको उल्लेख छ । १३ बर्षमा नर्वे पुगेकीअमृता १९ बर्षको उमेरदेखि
बेलायतमा बस्न थालेको उल्लेख छ ।
य
No comments:
Post a Comment