Wednesday, July 10, 2013

दलाली गर्न लाइन लाग्दा देशको शिर निहुरियो : नेता केसी

काठमाडौं — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका
ठूला दलका नेताहरुले कुटनीतिक मर्यादा बिर्सेर भारतीय विदेशमन्त्री
सलामान खुर्सिदसँग भेट्न गएको बताएका छन्। चाकडी र दलालीकै भरमा भविष्य
सुरक्षित हुन्छ भन्ने मान्यताले लाइन लागेर भारतीय विदेश मन्त्री भेट्न
जाँदा देशको शिर निहुरिएको उनको कथन थियो।
'सबै कुरा भारतले गर्ने भए हामीले नेपाली जनतालाई हामी गर्छौ भनेर किन
झुक्याउने ?', रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै केसीले
भने- 'हाम्रो यस्तै आत्मसमर्पणबादको कारण मुलुकको राष्ट्रियता दिन
प्रतिदिन कमजोर बन्दै गइरहेको छ। दार्चुला बाढीले बगाउँदा कोही गएनन तर
भारतीय विदेशमन्त्री आउँदा सबै लाम लागेर गए।'चार दलले गोलमेच सम्मेलन र
समानुपातिक बढाउने निर्णय गरेको र छिमेकी चीन र भारतले पनि निर्वाचन
गराउन सल्लाह दिएकोले मंसिरमा निर्वाचन हुने दावी केसीले गरे। चुनाव
गराउन नदिएर बैद्य समूहको जित कुनै हालतमा नहुने उनको भनाइ थियो।
निर्वाचनको सुनिश्चितताको लागि सघन वार्ता गरेर पुरा गर्न सकिने
असन्तुष्ठहरुको माग पुरा गर्नु पर्ने केसीले बताए। 'मंसिरमा निर्वाचन नभए
मुलुकमा निरकुंशता फर्किनेछ', केसीले भने', 'र नेपाली जनताहरुले फेरि
आन्दोलन गर्नु पर्ने अवस्था आउन सक्छ।'

No comments:

Post a Comment