Wednesday, July 10, 2013

कोसी ब्यारेजमा खतराको रातो झण्डा राखियो

इटहरी — अबिरल वर्षाका कारण सप्तकोसी नदीको कोसी ब्यारेजमा खतराको सूचक
रातो झण्डा गाडिएको छ। एकलाख ५० हजार क्यूसेक प्रतिसेकेन्ड पानी कोसीमा
बग्न थालेपछि रातो झण्डा राख्ने गरिन्छ । हिजो दिउँसोदेखि नै कोसीमा
पानीको बहाव बढ्ने÷घट्ने क्रम जारी छ । हिजो साँझ कोसीमा २ लाख ७३ हजार ६
सय क्यूसेक प्रतिसेकेन्ड पानी बगेको थियो।
आज मध्याह्न २ लाख ४३ हजार ९१० क्यूसेक प्रतिसेकेन्डको दरले पानीको बहाव
भइरहेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटा
ढोकामध्ये ३७ बटा खोलिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोसीमा
पानीको बहाव बढेसँगै कोसीको पश्चिमी क्षेत्रमा रहेको श्रीलङ्का टापूतर्फ
कटान सुरु भएको छ । श्रीलङ्का टापू कोसीको भङ्गालोको बीचमा पर्छ ।
कोसीले कटान थालेपछि सो क्षेत्रका सर्वसाधारण आतङ्िकत भएका स्थानीयवासी
बाबुराम कार्कीले जानकारी दिए।
यो वर्ष कोशी नदीको पानीलाई पश्चिमतर्पm फर्काइएकाले सो क्षेत्रमा कटान
भएको हो। पूर्वी तटबन्धतर्फको धरहरा टपन भन्ने ठाउँमा रहेको स्पर नम्बर
२३–५२ देखि २३–७८ को बीचमा पानीको धार ठोकिरहेको छ । पानीको धारले पानीको
बेग रोक्न लगाइएको प्रोकोपाइनहरु समेत बगाएर लगेको छ। वर्षाका कारण
सुनसरीको सोनापुर–३ मा टेग्रा खोलामा आएको बाढी गाउँ पसेको छ । खोला गाउँ
पस्दा सोनापुर रनिगाउँका २ सय घर उच्चजोखिममा परेका छन्।
दुई दिनदेखि खोला गाउँ पस्दा पनि रोकथामकालागि प्रशासनले वास्ता नगरेको
स्थानीयवासीले गुनासो गरेका छन्। औद्योगिक करिडोरका उद्योगहरुमा टेग्रा
खोलाको बाढी पसेको छ। बाढीका कारण अरिहन्तमल्टिफाइबर्स लिमिटेड, प्रगति
टेक्सटायललगायतका उद्योगको कामसमेत प्रभावित भएको छ।
यस्तै सुनसरी खोलाको बाढीले नरसिंह गाविसको १, २, ३, ४, ५, ७ र ६ डुबानमा
पर्दा सयौँ स्थानीयवासी विचल्लीमा परेका छन्। नरसिंह गाविस ३ का ४०, २ का
५४ र ६ का ४३ घर डुबानमा परेको पीडितहरुले बताएका छन्। डुबानका कारण
विस्थापित भई सुनसरी खोलाको बाँधमा त्रिपाल टाँगेर बस्न बाध्य भएको
स्थानीयवासी जगदीश यादवले जानकारी दिए।
सुनसरीको दुहवी बजार क्षेत्रमा २ फिटसम्म पानी जमेको छ । दुहवी–१ को
मुसहर बस्तीमा १५परिवार विस्थापित भई स्थानीय मदन आश्रित विद्यालयमा
आन्तरिक शरणार्थी भई बसेको स्थानीयवासी आषिश यादवले जानकारी दिए।
सुनसरीको वक्लौरी–३ स्थित मुसहर बस्तीमा पसेको पानीले १ सय घर डुबानमा
पारेको स्थानीय विजय चौधरीले जानकारी दिए।

No comments:

Post a Comment