Sunday, July 14, 2013

सुशीलको स्कर्टिङमा ‘डन’

३० असार, काठमाण्डौ । अमेरिका उपचार गराएर दुईसातापछि काँग्रेस सभापति
सुशील कोइराला शनिवार स्वदेश फर्किए । तर प्रहरीले गन्डागर्दीको सूचीमा
राखेका ब्यक्तिले प्रहरीकै अघिअघि स्कर्टिङ गरेर अन्तर्राष्ट्रिय
विमानस्थलदेखि महाराजगञ्ज पुर्याएका छन् । कोइरालालाई स्वागत गर्न
विमानस्थलमा जानेको ठूलै भीड थियो । भीड नियन्त्रण गर्न प्रहरीलाई निकै
हम्मे हम्मे परेको थियो । भीड नियन्त्रण गर्ने क्रममा विमानस्थल प्रहरी
प्रमुख डिआइजी गोपाल भण्डारीको कपडा नै च्यातिएको छ ।
कोइरालालाई स्वागत गर्न पुगेका करिव दुई सय काँग्रेस कार्यकर्तामध्ये
अधिकांश प्रहरीले गुन्डागर्दीको सूचीमा राखेका व्यक्ति थिए । डन रोज
राणा, सञ्जीव स्याल लगायतका आफ्नो ठूलै समूह लिएर विमानस्थल पुगेका थिए ।
राणा काँग्रेसनिकट डन मानिन्छन् । त्यस्तै सञ्जीव लामा भनिने स्याल
काभ्रे तरुण दलका नेता हुन । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ

स्याल पक्राउ पर्दा डेढ महिनाअघि उनका समर्थकले काभ्रे नै बन्द गराएका
थिए । राणा, स्यालमात्र नभनएर कोइराला निकट 'टोले' डनको समूह पनि
विमानस्थलमा पुगेको थियो ।

No comments:

Post a Comment