Sunday, July 14, 2013

मन्त्रीको ब्रतले एक दिन अघि नै बजेट, खर्च दैनिक २ अर्व, आम्दानी १ अर्ब

३० असार, काठमाण्डौ । सरकारी कर्मचारीको तलव बढाउने कि नबढाउने भन्ने
बिषयमा दोधार हुँदा शनिवार राती अबेरसम्म बजेटको आकार निश्चीत हुन
नसकेपनि आज बजेट आउने पक्का भएको छ ।
आइतवार प्रकाशित कान्तिपुर दैनिकका अनुसार कर्मचारीको तलव बढाउँदा योजना
आयोगले दिएको बजेटको सीमा बढ्ने र नबढाउँदा कर्मचारीको तिब्र बिरोध सामना
गर्नुपर्ने भएकाले अर्थ मन्त्रालय अझै निर्णयमा पुग्न सकेको छैन् । अन्य
सवैजसो दैनिक पत्रिकाले भने आजै बजेट आउने खवरलाई प्राथमिकताका साथ
छापेका छन् ।
कारोबार दैनिकले आजै बजेट ल्याउने तयारी गर्नुमा अर्थमन्त्री शंकरप्रसाद
कोइरालाको ब्रत जिम्मेवार रहेको खवर छापेको छ । सुरुमा सोमबार बजेट
ल्याउने तयारी भए पनि सोमबार उहाँको ब्रत रहेको र भोकै तीन-चार घण्टासम्म
बजेट पढ्न मन्त्रीलाई कठिन हुने भएपछि आजै ल्याउन लागिएको अर्थ
मन्त्रालयमा चर्चा चलेको छ ।
शनिवार नै अर्थमन्त्री कोइरालाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई
भेटेर बजेटबारे बि्रफिङ गर्नुभएको थियो । रेग्मीका सुझावलाई समेट्न राती
११ बजेसम्म पनि अर्थ कर्मचारी काममा खटिइरहेका थिए ।
दैनिक खर्च २ अर्ब, आम्दानी १ अर्ब
चालू आर्थिक बर्षको १२ औं महिनामा मुलुकको आम्दानी र खर्चमा करिव आधाको
अन्तर देखिएको छ । सरकारले असारमा औसत दैनिक २ अर्ब रुपैयाँ खर्च
गरिरहेको छ भने औसत राजश्व आम्दानी १ अर्ब रुपैयाँमात्र रहेको छ ।
सरकारले असारमा तिब्र खर्च गरिरहेको र चालू आर्थिक बर्षको बजेट सक्न पनि
खर्च बढि भइरहेको कारोबार दैनिकले छापेको छ । अर्थ मन्त्रालयका सल्लाहकार
तथा अर्थबिद् चिरञ्जीवी नेपालले भने ठूला ठेकेदारले आर्थिक बर्षको
अन्त्यमा मात्र भुक्तानी लिने भएकाले असार महिनामा खर्च ठूलो देखिएको
बताउँछन् ।

No comments:

Post a Comment