Sunday, July 21, 2013

'पार्टी चलाउन नसक्नेले देश चलाउने ?'

काठमाडौ, श्रावण ६ - कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमाओवादी
अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनमा कार्यकर्ताले दिएको मतलाई६ महिना
पनि टिकाउन नसकेको आरोप लगाएका छन् । राजधानीको खन्ना गार्मेन्टमा जारी
विस्तारीत बैठकलाई लक्षित गर्दै सिंहले भने-'महाधिवेशनको म्यान्डेड ६
महिना टिकाउन नसक्नेले देश चलाउाछु भन्नु हास्यास्पद छ ।' एमाओवादीले
हेटौंडामा सम्पन्न महाधिवेशनबाट सामूहिक नेतृत्वको नीति लिएपनि विस्तारीक
बैठकले एकल नेतृत्वमा जाने निर्णय गरेको छ ।
भक्तपुरमा आयोजित कांग्रेसको अगुवा कार्यकर्ताभेलालाई सम्बोधन गर्दै
सिंहले एमाओवादी र मधेशवादी दल संघीयता विरोधी भएको आरोप लगाए ।
'एमाओवादी र मधेशवादी दलले एकल पहिचान र जातीय राज्यको माग गर्दै
संघीयताको मुद्दा ओझेलमा पारे', सिंहको दाबी थियो,'उनीहरु संघीयता विरोधी
हुन् ।'
सिंहले कुनै पनि बहानामा मंसिर ४ को निर्वाचन सार्न नहुाने धारणा राखे ।

No comments:

Post a Comment