Sunday, July 21, 2013

प्रहरीको हतियार खरिद प्रस्तावमा सेनाको आपत्ति

६ साउन, काठमाण्डौं । युद्धका बेला प्रयोग हुने अत्याधुनिक हातहतियार
खरिद गर्न नेपाल प्रहरीलेगृहमन्त्रालयसमक्ष प्रस्ताव गरेपछि नेपाली
सेनाको उच्च तहले आपत्ति जनाएको छ । यो प्रस्ताव अन्तर्राष्ट्रिय
प्रावधान र मापदण्ड विपरीत रहेको टिप्पणी सैन्य अधिकारीको छ ।
'प्रहरीले शक्तिशाली हातहतियार खरिदको प्रस्तावगरेर राष्ट्रिय सुरक्षाको
जिम्मा पाएको सेनासरहसमानान्तर भूमिका खोजेको छ,' सेनाका एक उच्च
अधिकारीले भने, 'कसलाई कस्ता हातहतियार आवश्यक छ भन्नेबारे सरकारले
निर्णय लिने हो तर प्रहरीले अन्तर्राष्ट्रिय प्रावधान र मापदण्डविपरीत
प्रस्ताव गरेको छ ।'
उच्च स्रोतका अनुसार सेनाले आगामी सुरक्षा समिति बैठकमा प्रहरी
प्रस्तावलाई अस्वीकार गर्ने तयारी गरेकोकारोबारदैनिकमा खबर छ । प्रहरीले
विशेष कार्यदललाई एके ४७, जीपीएमजी तथा गण र गुल्ममा कार्यरत जनशक्तिलाई
एलएमजी, एसएमजी, एसएलआर तथा भीआइपी सुरक्षाका लागि एमएम ग्लक, एचके
यूएसपी तथा चाइनिज पेस्तोल खरिदको प्रस्ताव गरेको थियो ।
गृहमन्त्री अध्यक्ष रहने केन्द्रीय सुरक्षा समितिले वैशाखमा चारवटै
सुरक्षा निकाय, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान
विभागलाई नयाँ हतियार आवश्यक रहेको भन्दै मातहत मन्त्रालयमार्फत विवरण
पेस गर्न निर्देशन दिएकोथियो ।
रक्षाप्रवक्ता द्वारिकाप्रसाद आचार्यले प्रहरीको प्रस्तावबारे औपचारिक
रुपमा कुरा आएपछि मात्रै प्रतिक्रिया दिने बताए ।

No comments:

Post a Comment