Monday, July 22, 2013

पहिरोले घर बगाउँदा एकै परिवारको ५ जना बेपत्ता

दोलखा- दोलखाको मार्बुमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँचजना पुरिएर
बेपत्ता भएका छन्। मार्बु- १ नादिङमा पालेथामीको घर गए राति परेको अविरल
वर्षासँगै आएको पहिरोले बगाउँदा उनी सहित श्रीमती शिवलक्ष्मी थामी र उनकी
छोरी पट्टिका नातिनातिनालाई पहिरोले पुरेको थियो।
थामीसागै सोही ठाउँमा रहेको ४ वटा घर पनि पहिरोको जोखिममा परेका छन् ।
जोखिममा परेको घरका मानिसलाई स्थानीयवासीले सुरक्षित स्थानतर्फ
लगिसकेका छन् । दोलखाका डिएसपी ओम अधिकारीका अनुसार थप उद्धारका लागि
नेपाली सेना तथा प्रहरीको टोली त्यसतर्फ गइसकेका छन् । घटनास्थल
पुग्न सदरमुकामबाट ४५ किलोमिटरको मोटर यात्रापछि तीन घण्टा पैदल
हिँड्नुपर्छ।

No comments:

Post a Comment