Tuesday, July 16, 2013

आधा करोड मतदाता घटे, एक करोड २१ लाख दर्ता

१ साउन, काठमाण्डौं । निर्वाचन आयोगमा १ करोड २१ लाख वालिग नेपालीले
फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका छन् । मतदाता नामावली संकलनको
अन्तिम दिन सोमबार दर्ता भएकोयो संख्या अघिल्लो संविधानसभा निर्वाचन
(२०६४) को भन्दा ५५ लाखले कम छ ।
'आज अीन्तम दिन देशभर १ करोड २१लाख हाराहारी फोटोसहितको मतदाता नामावलीमा
दर्ता भए,' आयोगका प्रवक्ता वीरबहादुर राईले भने, 'अन्तिम दिन भएकाले
रातिसम्म दर्ता चल्न सक्छ, तर मतदाता संख्या एक करोड २१ लाखभन्दा बढ्ने
छैन् ।'
नामावली संकलनका लागि म्याद नथप्ने राईले प्रष्ट पारेको नागरिक दैनिकमा
खबर छ । 'आगामी मंसिर ४ गते निर्वाचन गर्नेगरी हामीले कार्यतालिका तयार
गरेका छौं,' उनले भने, 'मतदाता नामावली संकलनका लागि समय थप्दा
कार्यतालिका प्रभावित हुन्छ र समयमै तयारी पूरा नर्ग सकिन्न, त्यसैले अब
म्याद थप्दैनौं ।'
२०५८ सालको जनगणनाको तुलनामा २०६८ मा ३३ लाख ४३ हजार ७२ जनसंख्या
वृद्धिभएपनि मतदाता संख्या भने घटेको छ । ०६४ सालको संविधानसभा
निर्वाचनपछि १८ बर्ष उमेर पूरा भएको झन्डै १० लाख मतदाता थपिएका छन् ।
यसअघि संविधानसभा निर्वाचनका बेला देशभर १ करोड ७६ लाखले नाम दर्ता
गराएका थिए ।

No comments:

Post a Comment